अनुचित लेनदेनको आरोपमा शान्ति तिवारी पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन २९ गते १४:५४ मा प्रकाशित

काठमाण्डू, २९ फागुन– प्रहरीले अनुचित लेनदेनमा संलग्न आरोपमा शान्ति तिवारीलाई पक्राउ गरेको छ ।

नवलपरासी (सुस्ता पूर्व) घर भई हाल काठमाण्डू बस्ने ५३ वर्षीया तिवारीलाई शान्ति नगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन । अनुचित लेनदेन सम्बन्धी कसुर गरेको आरोपमा उनलाई प्रहरीले फागुन २८ मा पक्राउ गरेको हो ।

नविना शाहीसहित ५ जना पीडितले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । ५७ लाख रुपैयाँ लगानी गरेर तिवारीले १ करोड ४ लाख मागेर धाक धम्की दिने गरेको पीडितहरुले प्रहरीलाई बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us