एमाले अध्यक्ष ओलीका पिताको निधनमा रवि लामिछानेद्वारा दुःख व्यक्त

काठमाण्डु टुडे २०८२ फागुन २९ गते १४:३१ मा प्रकाशित

काठमाण्डू, २९ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले मोहनप्रसादको असमायिक निधनले दुःखी तुल्याएको बताएका छन् । साथै, यस कठिन घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरेका छन ।

‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पूजनीय पिताश्री मोहनप्रसाद ओलीज्यूको निधनले दुःखी तुल्याएको छ, उनले भनेका छन्, ‘यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us