काठमाण्डू, २९ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । केपी शर्मा ओलीले मुखाग्नि दिएका छन् । मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो । अन्त्येष्टि अघि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न...
काठमाण्डू, २९ फागुन– पोखरामा किताब बेचिरहँदा सांसद महावीर पुनलाई प्रश्न गर्दा भनाभन भएपछि अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन । गत २५ फागुनमा पोखराको पृथ्वीचोकमा किताब बेचिरहेका महावीरसँग भनाभन गर्ने क्रममा अपमान भएको भन्दै आलोचना बढेपछि अनुसन्धानका लागि भन्दै प्रहरीले...
काठमाण्डू, २९ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थालाई संशोधन गर्ने तयारी गरेको छ । रास्वपाको संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थामा सम्पूर्ण सदस्यले मतदान गर्ने प्रावधान छ । रास्वपाको विधानको धारा ६६ मा...
काठमाण्डू, २९ फागुन– गत २१ फागुनमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन पछि पहिलो पटक आज (शुक्रबार) पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ । ओलीका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जली...
काठमाण्डू, २९ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच टेलिफोन संवाद भएको छ । रास्वपा बरिष्ठ नेता बालेन शाहसँग भने कुराकानीरभेटघाट पुष्टि भएको छैन । यसअघि प्रचण्ड...
काठमाण्डू, २९ फागुन– कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधान सम्पादक चौहानले तीनकुनेस्थित कान्तिपुरको न्यूजरूममा पत्रकारहरूमाझ राजीनामा दिएको जानकारी गराएका हुन् । उनले पाँच वर्षसम्म कान्तिपुरको सम्पादकीय नेतृत्व सम्हालेका थिए। चौहानले कान्तिपुर पब्लिकेशनले नयाँ प्रधान सम्पादक नल्याउँदासम्म नेतृत्व गर्नेछन्।...
काठमाण्डू, २९ फागुन– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न आग्रह गरेको छ । गत २१ फागुनमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारले र समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचन...
काठमाण्डू, २९ फागुन– परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणालीमा जाँदा राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुनसक्ने बताएको छ । अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म वितरणको काम प्रभावित हुने विभागले जनाएको छ । अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण...
झापा, २९ फागुन- झापामा हावाहुरीले ढलेको रूखले किचेर एक किशोरीको मृत्यु भएको छ । गए राति हल्दिबारीमा हुरीले लडाएको रूखले किचेर किशोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती...
काठमाण्डू, २९ फागुन- एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । ओलीको सचिवालयका अनुसार भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा उपचारका क्रममा मोहनप्रसादको निधन भएको हो । छोरीको घरमा बस्दै आएका...
काठमाण्डू, २८ फागुन– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन । आज (बिहिबार) वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन । उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन...
काठमाण्डू, २८ फागुन– एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्योलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न भने अझै कायमै रहेको तर्क गरेकी छन । आज (बिहिबार) ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर मोतीदेवी स्मृति केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन...