कान्तिपुरका प्रधान सम्पादक चौहानले दिए राजीनामा

काठमाण्डु टुडे २०८२ फागुन २९ गते १३:०६ मा प्रकाशित

काठमाण्डू, २९ फागुन– कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधान सम्पादक चौहानले तीनकुनेस्थित कान्तिपुरको न्यूजरूममा पत्रकारहरूमाझ राजीनामा दिएको जानकारी गराएका हुन् ।

उनले पाँच वर्षसम्म कान्तिपुरको सम्पादकीय नेतृत्व सम्हालेका थिए। चौहानले कान्तिपुर पब्लिकेशनले नयाँ प्रधान सम्पादक नल्याउँदासम्म नेतृत्व गर्नेछन्। चौहानले न्यूजरूममा आफूले सोचविचार गरेरै राजीनामा दिएको र समझदारीपूर्वक छाडेको जानकारी गराएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us