समाचार

बालेनले गरे ‘पीएमफरनेपाल’ नामको जिमेल अकाउन्ट अपडेट

२०८२ चैत १ गते १२:२९

काठमाण्डू, १ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री नियुक्त नहुँदै सो पदसँग जोडेर आफ्नो जिमेल अकाउन्ट अपडेट गरेका छन् । बालेन्द्रको फेसबुकमा ‘[email protected]’ नामको जिमेल अकान्ट अपडेट भएको देख्न सकिन्छ । उनको पार्टी रास्वपाले प्रतिनिधिसभामा बहुमत प्राप्त...

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८२ चैत १ गते १२:२२

काठमाण्डू, १ चैत– सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१ छप्कैया घर भई हाल लालबन्दी–१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतो रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार राति विराटनगरबाट...

प्रतितोला ४ हजार ८ सय रुपैयाँले घट्यो सुनको भाउ

२०८२ चैत १ गते १२:१७

काठमाण्डू, १ चैत– साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँ घटेको छ । आज सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो...

आज समानुपातिकको सूची बुझाउँछौं, नयाँ सरकार बन्न १० दिन लाग्नसक्छः रास्वपा

२०८२ चैत १ गते १२:१२

काठमाण्डू, १ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट समानुपातिक सांसद बन्नेहरुको सूची आज निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । सरकार गठन गर्न भने १० दिन जति लाग्न सक्ने रास्वपाले जनाएको छ । आज (आइतबार) बिहान रास्वपाको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुको जिज्ञासाको...

रास्वपा सचिवालय बैठक भर्चुअल बस्ने, केन्द्रीय कार्यालयबाट फर्किए नेता

२०८२ चैत १ गते ११:५७

काठमाण्डू, १ चैत– समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन रलि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपम)को सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ । बैठक भर्चुल बस्ने जानकारी पाएपछि केन्द्रीय कार्यालय बनस्थली पुगेका नेताहरु त्यहाँबाट फर्किएका छन् । रास्वपाका प्रवक्ता मनिष झाले सूचना जारी गर्दै...

आज यी प्रदेशमा चट्याङसहित वर्षा

२०८२ चैत १ गते ८:०२

काठमाण्डू, १ चैत- देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने केही क्षेत्रमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका...

मनकामना दर्शन गरेर फर्किएकाहरु चढेको माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

२०८२ फागुन ३० गते २२:०१

गोरखा, ३० फागुन- गोरखाको शहीद लखन थापा गाउँपालिका ३ कनटारमा माइक्रो बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतक सबै भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार मनकामना दर्शन गरेर फर्किएकाहरु सवार बागमती प्रदेश ००६ख८४३० नम्बरको...

मनकामना दर्शन गरेर फर्कंदै गरेका यात्रु सवार माइक्रो बस दुर्घटना

२०८२ फागुन ३० गते २०:५८

गोरखा, ३० फागुन- गोरखाको शहीद लखन गाउँपालिका–३ कनटारमा माइक्रोबस दुर्घटना भएको छ । मनकामना दर्शन गरेर फर्केकाहरु सवार बागमती प्रदेश-००६ख८४३० नम्बरको माइक्रोबस दुर्घटना भएको हो । बसका यात्रु सबै भारतीय नागरिक रहेको गोरखा प्रहरीले जनाएको छ । दुर्घटनामा हताहतीको आशंका भए पनि पूर्ण विवरण...

एमाले नेतृत्वले नैतिक आधार गुमाइसक्योः पाण्डे

२०८२ फागुन ३० गते २०:४०

काठमाण्डू, ३० फागुन- एमाले नेता सुरेन्द्र पाण्डेले एमाले नेतृत्वसँग नैतिक आधार नरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार पाण्डेले निर्वाचनमा भएको पराजयसँगै नेतृत्वसँग नैतिक आधार बाँकी नरहेको बताएका हुन् । मतपत्रमार्फत जनताले अस्वीकार गरिसकेपछि सत्य बोलेका आधारमा कार्यकर्तामाथि धम्की दिनु बुद्धिमानी नहुने उनले...

यी हुन् एमालेले समानुपातिक सांसद् सिफारिस गरेका १६ जना

२०८२ फागुन ३० गते १६:०७

काठमाण्डू, ३० फागुन- एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाउनुका साथै विभिन्न शोक प्रस्तावहरू पारित गरेको हो । पार्टी उपमहासचिव लेखराज...

शंकर पोखरेलले फेसबुकबाट फर्काए योगेश भट्टराईलाई जवाफ

२०८२ फागुन ३० गते १०:५५

काठमाण्डू, ३० फागुन– एमाले महासचिव शंकर पोखरेलले उपमहासचिव योगेश भट्टराईलाई सामाजिक सञ्जाल फेसबुकमार्फत जवाफ फर्काएका छन् । भट्टराईले गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा जिम्मेवारी माग्दा नपाएको अभिव्यक्ति दिएपछि पोखरेलले शनिबार त्यसको प्रतिवाद गरेका हुन् । पोखरेलले आफूले भट्टराईलाइ वक्ताका रुपमा माग भएका ठाउँमा गइदिन...

गाडीले जन्तीलाई ठक्कर दिँदा एकको मृत्यु, ११ घाइते

२०८२ फागुन ३० गते ९:३३

सर्लाही, ३० फागुन– सर्लाहीमा गाडीले जन्तीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । डी एल–९ सि–जेड ०७७७ नम्बरको भारतीय गाडीले शुक्रबार साँझ बरहथवा नगरपालिका–१० सीतापुरमा जन्तीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार मृत्यु हुनेमा जन्ती जाँदै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us