गोरखा, ३० फागुन- गोरखाको शहीद लखन गाउँपालिका–३ कनटारमा माइक्रोबस दुर्घटना भएको छ ।
मनकामना दर्शन गरेर फर्केकाहरु सवार बागमती प्रदेश-००६ख८४३० नम्बरको माइक्रोबस दुर्घटना भएको हो । बसका यात्रु सबै भारतीय नागरिक रहेको गोरखा प्रहरीले जनाएको छ ।
दुर्घटनामा हताहतीको आशंका भए पनि पूर्ण विवरण आउन बाँकी छ । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार जारी राखेका छन् ।