बालेनले गरे ‘पीएमफरनेपाल’ नामको जिमेल अकाउन्ट अपडेट

काठमाण्डु टुडे २०८२ चैत १ गते १२:२९ मा प्रकाशित

काठमाण्डू, १ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री नियुक्त नहुँदै सो पदसँग जोडेर आफ्नो जिमेल अकाउन्ट अपडेट गरेका छन् ।

बालेन्द्रको फेसबुकमा ‘[email protected]’ नामको जिमेल अकान्ट अपडेट भएको देख्न सकिन्छ । उनको पार्टी रास्वपाले प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको छ । उनी प्रधानमन्त्रीका उम्मेदवारको रूपमा उम्मेदवार बनेका थिए ।

पार्टीले बहुमत प्राप्त गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चत जस्तै छ । यद्यपी, प्रधानमन्त्रीका लागि प्रक्रिया पूरा नहुँदै बालेन्द्रले गरेको अकाउन्ट अपडेट सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us