हावाहुरीले ढलेको रूखले किचेर किशोरीको मृत्यु

काठमाण्डु टुडे २०८२ फागुन २९ गते ८:१७ मा प्रकाशित

झापा, २९ फागुन- झापामा हावाहुरीले ढलेको रूखले किचेर एक किशोरीको मृत्यु भएको छ ।

गए राति हल्दिबारीमा हुरीले लडाएको रूखले किचेर किशोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशी छन् ।

डिएसपी खड्काका अनुसार आफ्नै घरमा सुतिरहेका बेला उनलाई रुखले किचेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us