कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने

काठमाण्डु टुडे २०८२ फागुन २९ गते १७:०१ मा प्रकाशित

काठमाण्डू, २९ फागुन– कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ ।

चैत पहिला साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा आफूहरू रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन । कांग्रेस प्रवक्ता चालिसेले भने, ‘निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा हामीहरू लागेका छौँ, ‘निर्वाचनमा के के भयो भन्नेबारे केन्द्रीय समितिमा छलफल गर्न जिल्ला जिल्लाबाट रिपोट मगाएका छौँ । रिपोट आउने क्रम सुरु भएको छ ।’

०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठुलो बनेको कांग्रेस अहिले दोस्रोमा झरेको छ । दोस्रोमा मात्रै झरेको छैन, इतिहासमै सबैभन्दा कमजोर प्रतिपक्षीको रूपमा संसद्मा उभिने निश्चित भएको छ ।

यसबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउने तयारीमा लागेको हो। कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट गरी ३८ सिटमात्रै जितेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us