काठमाण्डू, १ चैत– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुन्डु पुगेकी छन् । दिउँसो १२ बजेतिर पूर्वराष्ट्रपति भण्डारी गुन्डु पुगेकी हुन् ।
पिता गुमाएका ओलीलाई समवेदना दिन भण्डारी गुन्डु पुगेको भण्डारीको सचिवालयले जनाएको छ । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो ।