ओली परिवारलाई समवेदना व्यक्त गर्न गुण्डु पुगिन प्रधानमन्त्री

काठमाण्डु टुडे २०८२ चैत १ गते १५:४५ मा प्रकाशित

काठमाण्डू, १ चैत– प्रधानमन्त्री सुशीला कार्कीले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले गुन्डु भक्तपुरस्थित निवासमा पुगेर पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको निधनमा शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी हुन् ।

प्रधानमन्त्री कार्की र उनका श्रीमान दुर्गा सुवेदी ओली निवास पुगेका थिए । दुईजनाले स्वर्गीय मोहनप्रसादको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण पनि गरे ।

अध्यक्ष ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us