कांग्रेसले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने २० जनाको नाम

काठमाण्डु टुडे २०८२ चैत १ गते १५:३९ मा प्रकाशित

काठमाण्डू, १ चैत– कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने भएको छ । आज (आइतबार) बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन ।

आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी ५ जनाको नाम आयोगमा पठाउने निर्णय गरिएको हो ।

अन्य तीन जनाको नाम समेत क्लष्टर मिलाएर पठाइने प्रवक्ता चालिसेले जानकारी दिए । ती मध्ये १५ जना महिलाको नाम अनिवार्य रूपमा आयोगमा पठाइने उनले जानकारी दिए ।

निर्वाचन आयोगले समानुपातिकमा पाएको मतका आधारमा सांसद सङ्ख्याको कोटा तोकेर नाम बुझाउन भनेको थियो । कांग्रेसले आफूले बुझाएका नामहरू आयोगले नै सार्वजनिक गर्ने समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us