समाचार

माओवादी संसदीय दलको बैठक बस्दै

२०८१ असार ९ गते ११:४५

काठमाण्डु, ९ असार– नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दै छ । आज आइतबार प्रतिनिधिसभा बैठक अघि १०ः ३० मा भवन बानेश्वरमा बैठक बस्ने तयारी गरेको एक नेताले जानकारी दिएका छन । बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत...

कानुन मन्त्री गिरीको संयोजकत्वमा संसद्का कर्मचारीको माग सम्बोधन गर्न समिति गठन

२०८१ असार ९ गते १०:२६

काठमाण्डु, ९ असार– आन्दोलनरत संघीय संसदका कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन भएको छ । आज (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन...

बाढीले बगाएर जाजरकोटमा एक शिक्षकको मृत्यु

२०८१ असार ९ गते १०:१३

काठमाण्डु, ९ असार– भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजना शिक्षकको मृत्यु भएको छ । कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहका अनुसार मृत्यु भएका शिक्षक सोही पालिकाको...

जसपा नेपालले फिर्ता लियो लुम्बिनीमा सरकारलाई दिएको समर्थन

२०८१ असार ९ गते १०:०२

काठमाण्डु, ९ असार– जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जसपा पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले जानकारी दिएकी छन । यसअघि...

कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छः उपाध्यक्ष सापकोटा

२०८१ असार ८ गते १८:४१

काठमाण्डु, ८ असार– पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्र का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको जानकारी दिएका छन । आज (शनिबार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै माआवादी केन्द्रका प्रवक्ता समेत रहेका सापकोटाले यस्तो जानकारी दिएका हुन । उनले मुद्दा मिल्नेहरुसँग खुकुलो...

हामीलाई हटाउन सजिलो छैन, पाँचै प्रधानमन्त्री हुने सम्भावना छ: प्रधानमन्त्री प्रचण्ड

२०८१ असार ८ गते १८:३४

काठमाण्डु, ८ असार– नेकपा माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू यो प्रतिनिधिसभाको पुरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका छन । आज (शनिबार) तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा उनले आफ्नो पार्टी सानो भए पनि सरकार निर्माणका लागि निर्णायक भएकाले पुरै कार्यकाल प्रधानमन्त्री हुने...

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८१ असार ८ गते १६:१७

काठमाण्डु, ८ असार– कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने २९ वर्षीय सन्जिप चौधरीको मृत्यु रहेको प्रहरीले जनाएको छ । शुक्रबार राति १०ः३० बजे बेदकोट नगरपालिका–७ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश...

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा स्पा सञ्चालक पक्राउ

२०८१ असार ८ गते १६:११

काठमाण्डु, ८ असार– प्रहरीले बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा स्पा सञ्चालक पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खा सिरानचोक गाउँपालिका–११ का ४१ वर्षीय कल्भिन जेम्स भन्ने रेशम गुरूङ र मकवानपुर बागमती गाउँपालिका–९ घर भई हाल ललितपुर महानगरपालिका–९ बस्ने ३३ वर्षीया मखमलीमाया स्याङतान रहेको प्रहरीले...

तामाङ र नेवार समुदाय भएका कारण गणतन्त्र आएको हो: प्रधानमन्त्री प्रचण्ड

२०८१ असार ८ गते १५:५३

काठमाण्डु, ८ असार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डु र यस आसपास तामाङ र नेवार समुदायका कारण नेपालमा छिटो गणतन्त्र आएको दाबी गरेका छन । आज (शनिबार) माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका...

पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद

२०८१ असार ८ गते १५:४७

काठमाण्डु, ८ असार– पर्साबाट प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ । गैरकानुनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल पक्राउ...

जङ्गली हात्तीको दारासहित तीन जना पक्राउ

२०८१ असार ८ गते १५:४२

काठमाण्डु, ८ असार– प्रहरीले पर्साबाट जङ्गली हात्तीको दारासहित तीन जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ विजयबस्ती गुम्बालाइनका कुइसँग लामा, वीरगञ्ज महानगरपालिका–१ का प्रेम शर्मा र महानगर–२१ का अमिरीलाल महतो रहेको प्रहरीले जानकारी दिएको छ । पर्साको ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा...

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

२०८१ असार ८ गते १५:१८

काठमाण्डु, ८ असार– पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवाताल चिसापानीमा पौडी खेल्ने क्रममा कास्की अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भएका अन्दाजी २१ वर्षीय सञ्जय भण्डारीको डुबेर मृत्यु भएको कालिका गणका गणपति एसपी अरूणकुमार शर्माले जानकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us