जङ्गली हात्तीको दारासहित तीन जना पक्राउ

काठमाण्डु टुडे २०८१ असार ८ गते १५:४२ मा प्रकाशित

काठमाण्डु, ८ असार– प्रहरीले पर्साबाट जङ्गली हात्तीको दारासहित तीन जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ विजयबस्ती गुम्बालाइनका कुइसँग लामा, वीरगञ्ज महानगरपालिका–१ का प्रेम शर्मा र महानगर–२१ का अमिरीलाल महतो रहेको प्रहरीले जानकारी दिएको छ ।

पर्साको ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा २१/२१ किलोग्राम तौल भएको दुई वटा हात्तीको दारासहित तीन जनालाई शुक्रबार पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक भारतीले जङ्गली हात्तीको दारासहित पक्राउ परेका तीन जनालाई जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us