समाचार

सबै असहमति हल गरेर नयाँ नेतृत्व चयन गर्छौँ: घनश्याम भुसाल

२०८१ असार १५ गते १३:१०

काठमाण्डु, १५ असार– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनले सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गर्ने दाबी गरेका छन । आज (शनिबार) महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भुसालले यस्तो बताएका हुन । उनले पार्टीले सबै असहमतिहरू हल गरेर नयाँ नेतृत्व...

लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ

२०८१ असार १५ गते १२:५९

काठमाण्डु, १५ असार– प्रहरीले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारीलाई गरेको छ । भण्डारीलाई काठमाण्डुको बालुवाटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन । पुल्चोकमा मुख्य कार्यालय रहेको लालीगुराँस सहकारीको रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध ललितपुर जिल्ला...

पहिरोमा पुरिएर एकै परिवारका ५ को मृत्यु

२०८१ असार १५ गते १०:४०

काठमाण्डू, १५ असार- गुल्मीको मालिका गाउँपालिका-६ अर्जैमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । अविरल वर्षासंगै गएराति गएको पहिरोमा परेर अर्जै ठाँटीपोखरीका यमबहादुर विकको घर पुरिएको हो । पहिरोमा पुरिएर घरमुली ५५ वर्षीय यमबहादुर, उनकी श्रीमती ४८ वर्षीया सुन्तली, बुहारी...

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रतीक थापा पक्राउ

२०८१ असार १४ गते २१:४७

काठमाण्डू, १४ असार- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्धा दायर भएपछि फरार रहेका प्रतीक थापा पक्राउ परेका छन् । थापा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन् । बाबु गृहमन्त्री रहेका बेला थापा उनका पिए थिए । थापाविरुद्ध ठगी,  किर्ते, संगठित अपराध र राज्यविरूद्धको कसुरमा काठमाण्डू...

एमाले ध्वस्त बनाउने प्रयास भयोः ओली

२०८१ असार १४ गते १७:४८

काठमाण्डु, १४ असार– एमाले अध्यक्ष केपी ओलीले एमाले ध्वस्त बनाउने प्रयास भएको बताएका छन् । मदन भण्डारी फाउन्डेसनले शुक्रबार गरेको कार्यक्रममा ओलीले देश बनाउन खोज्दा एमालेलाई ध्वस्त बनाउने प्रयास भइरहेको बताए । ओलीले राष्ट्रिय शक्तिलाई एक बनाउन एमाले सक्रिय रहेको उनको भनाइ थियो ।...

बालेन साह पैसा र बैंसले मात्तिएको काँग्रेस सांसदको टिप्पणी

२०८१ असार १४ गते १६:००

काठमाण्डु, १४ असार– कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को कार्यशैलीप्रति आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर बोलेका उनले साहको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका हुन् । बालेन्द्रकै शैलीका कारण महानगरभित्र तीनवटै सरकारको समन्वयमा काम हुन...

प्रचण्डलाई बाबुरामको अल्टिमेटमः भदौसम्म बुढीगण्डकीको काम नथाले आन्दोलन

२०८१ असार १४ गते १५:४२

काठमाण्डु, १४ असार– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर भट्टराईले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाएर बाहिरिएपछि सञ्चारकर्मीसँग...

सरकारद्वारा २ लाख ४२ हजार ३ सय १३ विद्यार्थी अयोग्य घोषित !

२०८१ असार १४ गते १५:२८

काठमाण्डु, १४ असार– कांग्रेस सांसद प्रदीप पौडैलले एसईई परीक्षामा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु सरकारको असफलता भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले सरकारको असफलताका कारण विद्यार्थीलाई अयोग्य ठहर्‍याइएको बताए । शिक्षाको गुणस्तर बढाउनेतर्फ सरकारले ध्यान नदिएको उनको भनाइ थियो ।...

पृथ्वीसुब्बा गुरुङको आरोपः प्रहरीलाई पंगु बनाइयो, सेना गणतन्त्रमैत्री भएन

२०८१ असार १४ गते १५:१६

काठमाण्डु, १४ असार– एमाले सांसद पृथ्वीसुब्बा गुरूङले प्रहरी संगठनलाई पंगु बनाइएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजनीतिक दल र नेताहरूले प्रहरीलाई पंगु बनाएको टिप्पणी गरे । प्रहरी राजनीतिकरण, पार्टीकरण, गुटकरण र व्यक्तिकरणसम्मको शिकार भएको बताए । हस्तक्षेपका कारण प्रहरीले स्वतन्त्र...

रास्वपा सांसद् लक्षित मोहन बस्नेतको टिप्पणीः ‘कलिला र ओठ निचोर्दा दूध आउने माननीय !

२०८१ असार १४ गते १५:०३

काठमाण्डु, १४ असार– कांग्रेसका सांसद मोहन बस्नेतले प्रतिनिधिसभा बैठकमा असंसदीय भाषा प्रयोग गरेको भन्दै नियमापत्ति गरिएको छ । सांसद बस्नेतले टेरामक्स खरिद प्रकरणको अनियमिततामा आफ्नो नाम मुछिएको विषयमा शुक्रबार संसद बैठकमा विशेष समय लिएर बोलेका थिए । त्यस क्रममा उनले ‘कलिला र ओठ निचोर्दा...

सिधा कुराका अध्यक्ष र सम्पादकसहित तीन जनाविरुद्ध साइबर अपराधमा मुद्दा दायर

२०८१ असार १४ गते १४:५२

काठमाण्डु, १४ असार– जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले ‘सिधा कुरा डटकम’ अनलाइन र युट्युब च्यानलका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध ‘डार्क फाइल’ प्रकरणमा साइबर अपराधमा मुद्दा दायर गरेको छ । सरकारी वकिल कार्यालय काठमाण्डुले सिधाकुरा डटकमका अध्यक्ष युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र...

काँग्रेस–एमालेमाथि आरोप लगाउँदै फेसबुकबाटै बालेनले रोके नगरसभा

२०८१ असार १४ गते १४:३६

काठमाण्डु, १४ असार– महानगरपालिकाको नगरसभा स्थगित भएको छ । मेयर बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमार्फत बैठक स्थगित गरेका हुन् । शुक्रबार बिहान ८ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा नगरसभा बैठक बोलाइएको थियो । तर, मेयर साह उपस्थित भएनन् । नगरसभा सदस्यहरु तीन घण्टा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us