रास्वपा सांसद् लक्षित मोहन बस्नेतको टिप्पणीः ‘कलिला र ओठ निचोर्दा दूध आउने माननीय !

काठमाण्डु टुडे २०८१ असार १४ गते १५:०३ मा प्रकाशित

काठमाण्डु, १४ असार– कांग्रेसका सांसद मोहन बस्नेतले प्रतिनिधिसभा बैठकमा असंसदीय भाषा प्रयोग गरेको भन्दै नियमापत्ति गरिएको छ ।

सांसद बस्नेतले टेरामक्स खरिद प्रकरणको अनियमिततामा आफ्नो नाम मुछिएको विषयमा शुक्रबार संसद बैठकमा विशेष समय लिएर बोलेका थिए । त्यस क्रममा उनले ‘कलिला र ओठ निचोर्दा दूध आउने माननीय’ हरुले कुरा उठाएको बताए ।

‘मलाई टेरामक्सको कुरालाई लिएर बेलाबेलामा कुरा उठाउने गरिएको छ । एकदम कलिला–कलिला ओठ निचोर्दा दूध आउने माननीयज्यूहरुदेखि लिएर दाह्रीजुँगा फूलेका माननीयज्यूहरुसम्मले यो कुरा उठाइरहनुभएको छ’, उनले भने, ‘उचित दिन आएछ भने म यसको जवाफ दिनेछु ।’ ‘कलिला र ओठ निचोर्दा दूध आउने’ भनेर उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुतर्फ लक्षित गरेका थिए ।

 

बस्नेतको उक्त शब्दप्रति एमाले सांसद सम्झना थपलियाले नियमापत्ति जनाएकी थिइन् । थपलियाले माननीय ओठ निचोर्ने, कलिलो र छिप्पिएको हुँदैन भन्दै बस्नेतको असंसदीय भाषा फिर्ता लिन माग गरिन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us