नक्कली भुटानी शरणार्थी प्रकरणः प्रतीक थापा पक्राउ

काठमाण्डु टुडे २०८१ असार १४ गते २१:४७ मा प्रकाशित

काठमाण्डू, १४ असार- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्धा दायर भएपछि फरार रहेका प्रतीक थापा पक्राउ परेका छन् । थापा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन् । बाबु गृहमन्त्री रहेका बेला थापा उनका पिए थिए । थापाविरुद्ध ठगी,  किर्ते, संगठित अपराध र राज्यविरूद्धको कसुरमा काठमाण्डू जिल्ला अदालतमा मुद्धा विचाराधीन छ । थापालाई काठमाण्डूको बौद्धबाट शुक्रबार सॉझ पक्राउ गरिएको काठमाण्डू उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

नक्कली भुटानी प्रकरणमा प्रतीक, एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, इन्द्रजित राईलगीयत ३० जनाविरूद्ध १० जेठ २०८० मा सरकारी वकिल कार्यालयले काठमाण्डू जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो   

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us