प्रचण्डलाई बाबुरामको अल्टिमेटमः भदौसम्म बुढीगण्डकीको काम नथाले आन्दोलन

काठमाण्डु टुडे २०८१ असार १४ गते १५:४२ मा प्रकाशित

काठमाण्डु, १४ असार– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर भट्टराईले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाएर बाहिरिएपछि सञ्चारकर्मीसँग उनले आफूले तीन बुँदे माग प्रस्तुत गरेको बताए । भट्टराईले हालको नेपाल विद्युत प्राधिकरणअन्तर्गतको सहायक कम्पनी बुढीगण्डकी कम्पनी खारेज गरी बहुउद्देश्यीय आयोजनाका रुपमा अघि बढाउनुपर्ने माग अघि सारेका छन् ।

साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ तत्काल गठन गरिनुपर्ने उनको माग छ । यस्तै आयोजना प्रभावित नागरिकका जायज मागलाई सम्बोधन गर्नुपर्ने उनले बताए । उनले बुढीगण्डकी आयोजना निर्माणको काम भदौ मसान्तभित्र थाल्न अल्टिमेटम समेत दिएका छन् ।

भदौ अन्तिमसम्म काम नथालिए असोज पहिलो साताबाटै आन्दोलनमा उत्रने चेतावनी उनको छ । जवाफमा प्रधानमन्त्रीले मागबारे आफू गम्भीर रहेको र समयमै आयोजना निर्माण प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us