समाचार

ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी

२०८१ साउन १० गते १५:१४

काठमाण्डु, १० साउन– ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन । आज बिहिबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले १ भदौदेखि लागू हुनेगरी रग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । हालका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल...

संघीयताविरूद्ध कुरा आएपछि संविधान संशोधनको बहस चलेको हुनुपर्छ: सभामुख घिमिरे

२०८१ साउन १० गते १४:५९

काठमाण्डु, १० साउन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने दाबी गरेका छन । संघीयता आवश्यक नभएको, यसले आर्थिक भार बढाएको लगायत नकारात्मक टिकाटिप्पणी भइरहेका बेला सरकार परिवर्तन हुँदा संविधान संशोधनको विषय उठेको उनको दाबी छ ।...

सय फिट पुगेपछि जहाज मेरो कन्ट्रोलमा रहेन: क्याप्टेन मनिष शाक्य

२०८१ साउन १० गते १४:४९

काठमाण्डु, १० साउन– सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार जारी छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार जारी छ । क्याप्टेन शाक्य सामान्य कुराकानी गर्न सक्ने भएका छन । बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग क्याप्टेन...

वैरागीलाई भारतका लागि राजदूत बनाउने तयारी

२०८१ साउन १० गते १४:२२

काठमाण्डु, १० साउन– सरकारले पूर्वमुख्यसचिव शंकरदाश वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबण्डामा चीन र अमेरिका एमाले र भारतका लागि नेपाली राजदूत कांग्रेसले लिने मोटामोटी समझदारी उच्च स्रोतले जानकारी दिएको छ । त्यसअनुसार कांग्रेसले सुरुमा भारतका लागि वर्तमान...

सभापति यादवसँग भनाभनपछि पूर्वमन्त्री किरातीले गरे छलफल बहिष्कार

२०८१ साउन १० गते १४:०७

काठमाण्डु, १० साउन– आज (बिहीबार) बसेको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता सुदन किराती र समितिका सभापति राजकिशोर यादबिच भनाभन भएको छ । विषयवस्तु (मुद्दा) मा केन्द्रित हुँदै छलफलमा भाग लिँदै गर्दा सभापति यादवले रोकेपछि किराती आक्रोशित पोखेका...

हामी विरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्: अध्यक्ष नेपाल

२०८१ साउन १० गते १३:४८

काठमाण्डु, १० साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको दाबी गरेका छन । आज (बिहीबार) पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन्...

सांसद जबराको प्रश्न–तपाईँकै नेतृत्वपछि ७ वटा जहाज दुर्घटनामा पर्‍यो, जिम्मेवारी लिनुपर्दैन ?

२०८१ साउन १० गते १३:३५

काठमाण्डु, १० साउन– आज बिहिबार संसदीय समितिको बैठकमा सांसद उदय शमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न गरेका छन । अधिकारीले प्राधिकरणको नेतृत्व सम्हाले यता मात्र ७ वटा हवाई दुर्घटनामा परिसकेको तथ्य पेस गर्दै उनले अधिकारीलाई जिम्मेवारी लिन आग्रह गरेका...

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

२०८१ साउन १० गते १३:२४

काठमाण्डु, १० साउन– आज बिहिबार मन्त्रिपरिषद् नियमित बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बोलाएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन । आजको बैठकमा विभिन्न...

सौर्य एयरलाइन्स दुर्घटना: सात जनाको पोस्टमार्टम हुँदै

२०८१ साउन १० गते १३:१६

काठमाण्डु, १० साउन– आज बिहिबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका सात जनाको पोस्टमार्टम गरीदै छ । हिजो बुधबार काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये सात जनाको डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम हुने भएको हो...

प्रधानसम्पादक श्रेष्ठलाई विप्लवको विद्यार्थी संगठनद्वारा भौतिक कारबाहीको धम्की

२०८१ साउन १० गते १३:०२

काठमाण्डु, १० साउन– जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई नेकपा विप्लवको विद्यार्थी संगठनले भौतिक कारबाहीको धम्की दिएको छ । संगठनको सचिवालय सचिव बताउने कपिल सीले मोबाइलबाट फोन गरी अश्लील गालीगलौज गर्दै भौतिक कारबाहीको धम्की दिएको खुलेको छ । नेपाल पत्रकार महासंघका अनुसार साउन ८ गते...

संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा

२०८१ साउन १० गते १२:५४

काठमाण्डु, १० साउन– पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय समितिको बैठकमा बिरलै बस्ने गरेका रेकर्ड छन । यस्तै बिहीबार बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा शेरबहादुर देउवा बैठकमा पुगेका थिए । बैठकमा झन्डै दुई मिनेट बसेपछि उनी बैठक कक्षबाट बाहिरिए ।...

दुई सईसहित २९ प्रहरीमाथि कारबाहीको तयारी

२०८१ साउन १० गते ११:३१

काठमाण्डु, १० साउन–नेपाल प्रहरीका विभिन्न तहका २९ कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरु विगत तीन महिनादेखि आफूखुसी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार एक सूचना जारी गरेको सूचनामा सम्पर्कबिहीन हुनेमा कार्यालय सहयोगीदेखि नायब निरीक्षक (सई) सम्म छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us