संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा

काठमाण्डु टुडे २०८१ साउन १० गते १२:५४ मा प्रकाशित

काठमाण्डु, १० साउन– पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय समितिको बैठकमा बिरलै बस्ने गरेका रेकर्ड छन । यस्तै बिहीबार बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा शेरबहादुर देउवा बैठकमा पुगेका थिए ।

बैठकमा झन्डै दुई मिनेट बसेपछि उनी बैठक कक्षबाट बाहिरिए । बैठकमा छात्रवृत्ति ऐन २०२१, विश्वविद्यालय अनुदान आयोगबारे र विद्यार्थीलाई विदेश जान दिइने नो अब्जेक्सन लेटर कुन तहका लागि दिने ?

भन्ने विषयमा छलफल भइरहेको छ । बैठकमा सहभागी भएका देउबा छलफलमा भाग नलिई हाजिर गरेर बैठकबाट बाहिरिएका हुन् । संसदीय समितिका बैठकहरूमा देउवा नियमित रूपमा आउने गरेका छैनन् । आएका बेलामा पनि उनी छलफलमा सहभागी हुने गरेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us