समाचार

१८ देशमा राजदूत सिफारिस, कुन देशमा को ?

२०८१ साउन १६ गते १७:४९

काठमाण्डु, १६ साउन–सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिएका छन । राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने...

गगन र विश्वप्रकाशको ओरालो यात्रा !

२०८१ साउन १६ गते १७:३२

काठमाण्डु, १६ असार– केहि समय मात्र प्रतिपक्षमा बसेर पुनः सत्ता यात्रा सुरु गरेको कांग्रेसभित्र फेरी गुट मैलाएको छ । कोशी प्रदेशमा कांग्रेस भित्रको गुट र उप–गुट सलबलाउदा अहिले सम्मपनि मन्त्री बन्नेको नाम टुङ्गो लागेको छैन । कोशी प्रदेशमा कांग्रेस सभापति शेरबाहादुर देउवा नेता डा....

केन्द्रीय सदस्य छान्न माधव नेपालको नेतृत्वमा कार्यदल गठन

२०८१ साउन १६ गते १६:२०

काठमाण्डु, १६ साउन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी र आयोगमा रहने नेताहरुको टुंगो लगाउन कार्यदल गठन गरेको छ । आज बुधबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेको एक नेताले जानकारी दिएका छन । कार्यदलको सदस्यमा सम्मानित...

नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव फेला

२०८१ साउन १६ गते १६:०७

काठमाण्डु, १६ साउन– काठमाण्डुको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव फेला परेको छ । काठमाण्डु महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको प्रहरीले जानकारी दिएको...

अशोकराज सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी

२०८१ साउन १६ गते १५:५९

काठमाण्डु, १६ साउन– नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देलले प्रप्त गरेका छन । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन । हालका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा...

बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

२०८१ साउन १६ गते १५:१४

काठमाण्डु, १६ साउन– काठमाण्डु महानगरपालिका–६ बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । बौद्धगेटस्थित सडकमा बा ९० प ५२०७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । मंगलबार राति दुर्घटना हुँदा चितवनको राप्ती नगरपालिका–९ घर भई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्दै आएका...

सुदूरपश्‍चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

२०८१ साउन १६ गते १५:०३

काठमाण्डु, १६ साउन– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन । बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बैठक व्यवस्थापन पनि गरिदिन आग्रह गरेका छन । मुख्यमन्त्रीको आग्रहपछि सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो ४ बजेका...

नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्या आरोपी १७ वर्षपछि पक्राउ

२०८१ साउन १६ गते १४:५४

काठमाण्डु, १६ साउन– काठमाण्डुको नयाँ बानेश्वरमा रहेको नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रञ्जन खड्का रहेको प्रहरीले जानकारी दिएको छ । तत्कालीन क्याम्पस प्रमुख धर्मराज विष्टलाई खड्काको समूहले २०६४ मा हत्या गरेको प्रहरीको अनुसन्धान...

प्रधानमन्त्री ओलीको यमपूजा गरेका खतिवडालाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन

२०८१ साउन १६ गते १४:३५

काठमाण्डु, १६ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु भन्ने पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर भएको छ । खतिवडाको तर्फबाट आवास अधिकारीले हिजो सर्वोच्चमा निवेदन दर्ता गराएका हुन...

एआइजी ज्ञवालीमाथि छानबिन गर्दैछौँ: आइजीपी वसन्त कुँवर

२०८१ साउन १६ गते १४:०८

काठमाण्डु, १६ साउन– प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख श्याम ज्ञवालीमाथि छानबिन थालिए सरु गरीएको जानकारी दिएका छन । आज बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै कुँवरले यस्ताखे जानकारी दिएका हुन । उनले तालुक तहका कार्यालयबाट आएका...

त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारसँग आग्रह

२०८१ साउन १६ गते १४:०५

काठमाण्डु, १६ साउन– नेपाल सरकारले त्रिशूलीमा बेपत्ता भएका बस खोजी दिनका लागि चीन सरकारसँग आग्रह गरेको छ । गृह मन्त्रालयले त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारलाई आग्रह गरेको हो । यसअघि नेपालले भारत सरकारलाई पनि बस खोजिदिन आग्रह गरेको थियो । सो आग्रहअनुसार...

एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा श्री एयरलाइन्सका यात्रु पक्राउ

२०८१ साउन १६ गते १३:०६

काठमाण्डु, १६ साउन– प्रहरीले श्री एयरलाइन्सका एयर होस्टेज लाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई पक्राउ गरेको छ । काठमाण्डुबाट उडेको जहाज धनगढीमा अवतरण भएपछि शिवराज ओझालाई पक्राउ गरिएको कैलालीका एसपी पदम विष्टले जानकारी दिएका छन । कैलालीको गोदावरी नगरपालिका–१ घर भएका ओझालाई प्रहरीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us