१८ देशमा राजदूत सिफारिस, कुन देशमा को ?

काठमाण्डु टुडे २०८१ साउन १६ गते १७:४९ मा प्रकाशित

काठमाण्डु, १६ साउन–सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिएका छन ।

राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता बोलाएको पनि ति मन्त्रीले जानकारी दिएका छन । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले डा. शंकरप्रसाद शर्मा लाई (भारत) को राजदूतमा सिफारिस गरेको छ भने कान्ता रिजाल (अष्ट्रेलिया) को राजदूतमा सिफारिस गरेको हो ।

यस्तै नरेशबिक्रम ढकाल (साउदी अरेबिया),प्रा. डा. कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), धनप्रसाद पण्डित (इजरायल),रामकृष्ण भट्टराई (श्रीलंका), सनिल नेपाल (स्पेन), डा. शैल रुपाखेती (जर्मनी), लोकदर्शन रेग्मी (अमेरिका), चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य), डा. शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), जंगबहादुर चौहान (रुस), रमेशचन्द्र पौडेल (कतार), प्रा. डा. कृष्णप्रसाद ओली (चीन), सुम्निमा तुलाधर (डेनमार्क), नेत्रप्रसाद तिमल्सिना (मलेसिया), प्रकाशमणि पोखरेल (पोर्चुगल), रीता धिताल (पाकिस्तान) मा सिफरिस गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us