एआइजी ज्ञवालीमाथि छानबिन गर्दैछौँ: आइजीपी वसन्त कुँवर

काठमाण्डु टुडे २०८१ साउन १६ गते १४:०८ मा प्रकाशित

काठमाण्डु, १६ साउन– प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख श्याम ज्ञवालीमाथि छानबिन थालिए सरु गरीएको जानकारी दिएका छन ।

आज बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै कुँवरले यस्ताखे जानकारी दिएका हुन । उनले तालुक तहका कार्यालयबाट आएका निवेदनका आधारमा छानबिन जारी रहेको बताएका छन । ज्ञवालीमाथिको अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन अघि बढाएको छ ।

ज्ञवालीमाथि यसअघिका गृहमन्त्री रवि लामिछानेलाई सहज हुने गरी काम गरेको आरोप लगाइएको छ । आइजीपी कुँवरले आन्तरिक रूपमा छानबिन भइरहेकोले सबै कुरा बताउन नमिल्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us