काठमाण्डु, १६ साउन– काठमाण्डु महानगरपालिका–६ बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । बौद्धगेटस्थित सडकमा बा ९० प ५२०७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।
मंगलबार राति दुर्घटना हुँदा चितवनको राप्ती नगरपालिका–९ घर भई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्दै आएका ५२ वर्षीय टीकाबहादुर पुन मगर गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको ।