गगन र विश्वप्रकाशको ओरालो यात्रा !

काठमाण्डु टुडे २०८१ साउन १६ गते १७:३२ मा प्रकाशित

काठमाण्डु, १६ असार– केहि समय मात्र प्रतिपक्षमा बसेर पुनः सत्ता यात्रा सुरु गरेको कांग्रेसभित्र फेरी गुट मैलाएको छ । कोशी प्रदेशमा कांग्रेस भित्रको गुट र उप–गुट सलबलाउदा अहिले सम्मपनि मन्त्री बन्नेको नाम टुङ्गो लागेको छैन । कोशी प्रदेशमा कांग्रेस सभापति शेरबाहादुर देउवा नेता डा. शेखर कोइराला र कृष्ण सिटौलाबीचको गुटको प्रतिस्पार्धा चर्काे छ ।

यही किचलोमा कांग्रेस महामन्त्री विश्वप्रकास शर्मा, कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा र गुरु घिमिरे समेतको उप–गुट पनि सक्रिय छ । यस्तै कार्णाली प्रदेशमा पनि उपसभापति पूर्ण बाहादुर खड्का कांग्रेस नेता जिवन बाहादुर शाही संस्थापन र इतर पक्षको नेतृत्व गर्दै गुट उप–गुट निमार्णमा व्यस्त छन ।

पार्टीको गुटको आन्तरीक खिचातानीकै कारण एमालेले नेतृत्व गर्न लागेको यी दुई प्रदेशमा कांग्रेसले आफ्ना मन्त्रीहरुको नाम टुङ्गो लगाउन सकेको छैन । यी दुवै प्रदेशका सांसदहरु पार्टी सभापति देउवामाथि दवाव बडाउन थालेका छन ।

तर जति गुट उप–गुट भए पनि अन्तिममा देवालेकै रोजाइका पात्र यी दुई प्रदेशमा मुख्यमन्त्री बन्ने कांग्रेस बृतमा चर्चा छ । संस्थापन इतरका नेताहरु कांग्रेस देउवा र सभापति देउवा पत्नी आरजु देउवाको प्रइभेट कम्पनी जस्तै बनेको बताउँछन् । देउवा र आरजुकै कारण कर्णाली सरकारमा कांग्रेस सहभागी हुन नसकेको आरोप संस्थापन इतरका नेताहरुको छ ।

यही कारण गण्डकी प्रदेश सरकारमा एमाले सहभागी नभएको दोस पनि उनीहरुले सभापति देउवाको थाप्लोमा लगाएका छन । कांग्रेस भित्रको गुटको कलहलाई पनि सत्ता साझेदार दल एमालेले पनि नजिक बाट हेरिरहेको छ । कांग्रेस भित्रको विवाद दुई तिन दिन भित्र समाधान हुने सत्ता साझेदार एमालेको विश्वास छ ।

निष्क्रिय महामन्त्रीद्धय थापा र शर्मा 

कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकास शर्माले पार्टी भित्र नयाँ पुस्ताको धारलाई समात्न सकेका छैनन् । संसदमा अन्य दल विरुद्ध आगो ओकल्न खोज्ने महामन्त्री द्धय थापा र शर्मा पार्टी भित्रभने कमजोछ देखीएका छन शेखर कोइराला गुटबाट सभापति देउवालाई टक्कर दिन खोजीरहेका महामन्त्री थापा पछिल्लो समय चुप छन कांग्रेसमा विगत महामन्त्री हरुलेनै पार्टी चलाएको इतिहास पनि छ ।

तर अहिले दुवै महामन्त्री कमजोर छन । उनीहरु पार्टी बाहिर बाध र पार्टी भित्र भने स्याल भने जस्तो अवस्थामा छन् । कांग्रेस भित्र महामन्त्री द्धय कमजो अवस्थामा रहेको कांग्रेस बृतमा चर्चा छ ।

कांग्रेस भित्र गगन थापा र विश्वप्रकास शर्मा महामन्त्री बन्दै गर्दा कांग्रेस नयाँ पुस्ता र युवाहरुको प्रतिनिधित्व हुने धेरैको अपेक्ष थियो । अझै दुई महामन्त्री सहित युवा नेता प्रदिप पौडेल प्रतिनिधि सभाका छिर्दा कांग्रेसमा परिर्वतका थुपै्र सम्भावन कार्यकर्ताहरुले देखेका थिए ।

जनताको मुद्धा कडा रुपमा संसदमा प्रस्तुत हुने आम जनाताको अपेक्ष थियो । यस्ता विश्वास र अपेक्ष पुरा गर्नमा महामन्त्रीद्धय चुकाका छन भने पार्टी भित्र समेत कमजोर अवस्थामा छन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us