केन्द्रीय सदस्य छान्न माधव नेपालको नेतृत्वमा कार्यदल गठन

काठमाण्डु टुडे २०८१ साउन १६ गते १६:२० मा प्रकाशित

काठमाण्डु, १६ साउन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी र आयोगमा रहने नेताहरुको टुंगो लगाउन कार्यदल गठन गरेको छ ।

आज बुधबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेको एक नेताले जानकारी दिएका छन । कार्यदलको सदस्यमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल रहेका छन ।

एक महिना अगाडि सम्पन्न दशौं राष्ट्रिय महाधिवेशन यी तीन नेताको पद टुंग्याएर सकिएको थियो । त्यसपछि अघिल्लो कमिटीका पोलिटब्यूरो सदस्यहरुलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय बमोजिम ९३ जना एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छन् । बाँकी पदाधिकारी र केन्द्रीय कमिटी सदस्य टुंग्याउन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us