काठमाण्डु, १६ साउन–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गाउँगाउँमा जनताको घरमा जाने बताएका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा बोल्दै उनले यसपछि बस्ने केन्द्रीय समिति बैठकपछि आफू देशभर जनतामा जाने बताए । प्रचण्डले जनसम्बन्ध विस्तारको लक्ष्यसहित आफू जनतामाझ जाने बताएको...
काठमाण्डु, १६ साउन– काठमाण्डु उपत्यकामा भारी वर्षा भएको छ । उपत्यकाका तीनवटै जिल्लास्थित सब नदी तथा खोलामा बाढी आएको छ । काठमाण्डुको धाप ड्याममा १०७.८ मिलिमिटर, बूढानीलकण्ठमा ९० मिलिमिटर, कपनमा ७४ मिलिमिटर, सुन्दरीजलमा ६०.६ मिलिमिटर, बबरमहलमा ६२.२ मिलिमिटर, नैकापमा ६१.४ मिलिमिटर, कीर्तिपुरमा ६५ मिलिमिटर,...
काठमाण्डु, १५ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्रष्टाहरूको सम्मान गर्ने बताएका छन । एमाले साहित्य, कला तथा संस्कृति विभागले मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको स्रष्टा भेटघाट तथा कृति लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री...
काठमाण्डु, १५ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री र सचिवहरुलाई २ दर्जनभन्दा बढी निर्देशनहरु दिएका छन । आज मंगलबार सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले २ वर्ष आफूले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार भन्ने स्पष्ट गर्दै मूलभूत रुपमा...
काठमाण्डु, १५ साउन– भक्तपुरको सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुंग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यलय भक्तपुरले जानकारी दिएको छ । मध्यरातिदेखि बस्तीमा पानी...
काठमाण्डु, १५ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भविष्यबारे चिन्ता नगर्न सचिवहरुलाई अनुरोध गरेका छन । उनले कतिपयले यो सरकार पनि कति दिन हो र भनेर हल्ला फिँजाउन सक्ने भन्दै उनले भनेका छन्, ‘यो सरकार ढल्ने त के ढलपल पनि...
काठमाण्डु, १५ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र त्यसको पार्किङ कुनै पालिका (स्थानीय तह) विशेषको नभएको बताएका छन । काठमाण्डु महानगरपालिकाले आफ्नो हक लाग्ने दाबी गर्दै आएको धरहरा र त्यसको मुनि बनेको भूमिगत पार्किङ क्षेत्रलाई प्रधानमन्त्रीले संघीय सरकार मातहत नै...
काठमाण्डु, १५ साउन– निवर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु एकै एकपटक देशव्यापी अभियानमा निस्कने बताएका छन । आज (मंगलबार) पदाधिकारी बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले जनताको कुरा सन्न देशब्यापी अभियानमा निस्कने पनि बताएका छन...
काठमाण्डु, १५ साउन– नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले पार्टीको भावी कार्यक्रमबारे स्थायी समितिमा पनि छलफल गर्ने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा सकिएको पदाधिकारी बैठकले स्थायी समिति बैठकमा पनि पार्टीको बदलिंदो भूमिकाबारे छलफल गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका...
काठमाण्डु, १५ साउन– नेकपा माओवादी केन्द्रले ०८४ को निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । गत शुक्रबारदेखि केन्द्रीय कार्यलय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी ०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन । पाँच दिनसम्म चलेको बैठक समापन गर्दै...
काठमाण्डु, १५ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले विश्वासको मत प्रप्त गरेका छन । आज मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले ६४ सांसदको मत पाएका हुन । मुख्यमन्त्री लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम...
काठमाण्डु, १५ साउन– सरकारले २१ जना सचिवहरूको सरूवा गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले एकैपटक धेरै सचिवहरूको सरूवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । मन्त्रिपरिषद निर्णय अनुसार रामप्रसाद घिमिरे अर्थ सचिवमा सरुवा भएका छन । यसअघि उनी राजस्व सचिव...