बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाण्डु टुडे २०८१ साउन १५ गते १८:१० मा प्रकाशित

काठमाण्डु, १५ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले विश्वासको मत प्रप्त गरेका छन । आज मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले ६४ सांसदको मत पाएका हुन ।

मुख्यमन्त्री लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । नेमकिपा तटस्थ बसेको छ । आजको प्रदेशसभा बैठकमा १०३ जना सांसद उपस्थित थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us