काठमाण्डु, १५ साउन– नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले पार्टीको भावी कार्यक्रमबारे स्थायी समितिमा पनि छलफल गर्ने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा सकिएको पदाधिकारी बैठकले स्थायी समिति बैठकमा पनि पार्टीको बदलिंदो भूमिकाबारे छलफल गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन ।
आगामी २५ साउनमा स्थायी समिति बैठक बस्ने निर्णय गरेको पनि प्रवक्ता सापकोटाले जानकारी दिए । माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि गत शुक्रबारदेखि सचिवालय बैठक बोलाइएको थियो । २२ जनाको पदाधिकारी बैठक पाँच दिनसम्म चलेको थियो ।