म एकपल्ट जनताको माझमा जान्छु: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ साउन १५ गते १८:३३ मा प्रकाशित

काठमाण्डु, १५ साउन– निवर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु एकै एकपटक देशव्‍यापी अभियानमा निस्कने बताएका छन ।

आज (मंगलबार) पदाधिकारी बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले जनताको कुरा सन्न देशब्यापी अभियानमा निस्कने पनि बताएका छन ।

बैठकमा उनले भनेका छन, ‘जनतासित सम्बन्ध कडी टुटेको थियो । म एकपल्ट देशैभरी जनतासँग एकाकार हुनाका लागि, जनताको सुखदुख बुझ्नका लागि उनीहरुको कुरा सन्नुका लागि जाने इच्छा छ ।’

देशब्यापी अभियानबाट फर्कदा विचारको नयाँ संलेषण समेत ल्याउने बताएका छन् । ‘जनताको कुरा सुनेपछि अर्को तहको विचारको संलेसन आउँछ’ प्रचण्डको भनाइ उदृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us