समाचार

नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिए: प्रधानमन्त्री ओली

२०८१ भदौ १० गते १८:०८

काठमाण्डु, १० भदौ– नेकपा एमालेकान अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन । आज (सोमबार) काठमाण्डुको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र...

रूपन्देहीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

२०८१ भदौ १० गते १७:३२

काठमाण्डु, १० भदौ– रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । सोमबार भारत उत्तर प्रदेश घर भएका ३२ वर्षीय जाबेद अख्तरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ । सिद्धार्थनगर नगरपालिका–१ बेलहिया भन्सार कार्यालयको पछाडि नयाँ बन्दै गरेको भवनमा...

काठमाण्डु आइपुगे ओमानका विदेशमन्त्री हमूद अल्बुसैदी

२०८१ भदौ १० गते १७:२३

काठमाण्डु, १० भदौ–  नेपालको दुई दिने औपचारिक भ्रमणका लागि ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी आज सोमबार काठमाण्डु आइपुगेका छन् । उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि (भदौ १० र ११ गते) काठमाण्डु आइपुगेका हुन् । भ्रमणका दौरान...

राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिरमा पूजाअर्चना

२०८१ भदौ १० गते १७:०६

काठमाण्डु, १० भदौ– आज सोमबार जन्माष्टमी पर्वको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलल ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गरेका छन । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट भगवान् श्रीकृष्णको टीका र प्रसाद ग्रहण गरेका छन् । राष्ट्रपति पौडेल पाटन कृष्ण मन्दिर पुग्दा ललितपुर महानगरपालिकाका...

चन्द्रनिगाहपुरमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८१ भदौ १० गते १६:४८

काठमाण्डु, १० भदौ– पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१५ का ३३ वर्षीय तुलसी ओझा र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका–११ का विवश सापकोटा रहेको प्रहरीले जानकारी दिएको...

कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०८१ भदौ १० गते १६:३९

काठमाण्डु, १० भदौ– बारामा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बाग्मती नगरपालिका–४ जिराईत बस्ने ३७ वर्षीय मानबहादुर प्रधान रहेको प्रहरीले जानकारी दिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आधाभार जंगलस्थित सडकमा बीएबी-५०३५ नम्बरको कारले बा.५८ प ४१४५ नम्बरको...

बागमती नदीले सतर्कता तह पार गर्‍यो

२०८१ भदौ १० गते १६:३२

काठमाण्डु, १० भदौ– काठमाण्डुको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ । अहिले दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जानाएको छ...

स्नुकरमा झगडा भएपछि हत्या, मृतकको टाउकोमा चोट

२०८१ भदौ १० गते १६:२४

काठमाण्डु, १० भदौ– काठमाण्डु महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एन्ड खाजा घरबाट एक जना युवक दौडिँदै निस्किए । त्यतिबेला सोमबार बिहान १ बजेर ५० मिनेट भएको थियो । युवक भागेको देखेपछि एक जना महिलाले प्रहरीलाई फोन गरिन् र भनिन्, ‘शंखमुलको स्नुकरमा झगडा परेको...

पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा रहेका १३ सयभन्दा बढी नेपालीको मृत्यु

२०८१ भदौ १० गते १६:१८

काठमाण्डु, १० भदौ– पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका एक हजार तीन सयभन्दा बढी नेपालीले मृत्यु भएको छ । गत आर्थिक वर्ष ०८०–०८१ मा विभिन्न कारणले एक हजार ३७८ जना नेपालीले ज्यान गुमाएका हुन । मृत्यु हुनेमा सबैभन्दा बढी विभिन्न रोग...

भ्रष्टाचारीलाई जोगाउँने काममा सरकार लाग्यो: अखिल (क्रान्तिकारी)

२०८१ भदौ १० गते १५:०६

काठमाण्डु, १० भदौ– नेकपा (माओवादी केन्द्र) निकटको अखिल (क्रान्तिकारी)ले भ्रष्टाचारमा हदम्यादको कुरा आफूहरुलाई मान्य नहुने चेतावनी दिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले भ्रष्टाचारीलाई जोगाउँने र संरक्षण गर्ने उदेश्यले हदम्यादको बिषय उठाएको आरोप अखिल (क्रान्तिकारी)ले लगाएको छ । अखिल (क्रान्तिकारी)का अध्यक्ष पंचा...

प्रधानमन्त्री ओलीले गरे जिल्ला प्रहरी परिसर काठमाण्डुको नयाँ भवनको उद्घाटन

२०८१ भदौ १० गते १४:४४

काठमाण्डु, १० भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाण्डुको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । आज सोमबार काठमाण्डुको भद्रकालीस्थित बनेको नवनिर्मित भवनको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । १५ रोपनीमा बनेको परिसरको भवनमा असार ३० गतेदेखि नै काम...

गौशालाबाट नक्कली नोट र खैरो हेरोइनसहित ३ जना पक्राउ

२०८१ भदौ १० गते १४:३७

काठमाण्डु, १० भदौ– प्रहरीले काठमाण्डुको गौशालाबाट नेपाली नक्कली रुपैयाँ र खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–५ घर भएका ३० वर्षीय एराजुल हक, इलामको फाफोकथुङ–३ घर भएका ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामकै सुर्योदय नगरपालिका घर भएका ४७...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us