काठमाण्डु, १० भदौ– काठमाण्डु महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एन्ड खाजा घरबाट एक जना युवक दौडिँदै निस्किए । त्यतिबेला सोमबार बिहान १ बजेर ५० मिनेट भएको थियो ।
युवक भागेको देखेपछि एक जना महिलाले प्रहरीलाई फोन गरिन् र भनिन्, ‘शंखमुलको स्नुकरमा झगडा परेको जस्तो छ, एक जना केटा भागिरहेको छ ।’ प्रहरी वृत्त बानेश्वरका प्रहरी तत्काल घटनास्थलमा पुग्दा ४० वर्षीय रूपक बान्तवा स्नुकरको सोफामा पल्टिरहेको अवस्थामा फेला परे । उनको टाउकोमा चोट लागेको थियो ।
प्रहरीले उनलाई मिनभवनस्थित सिभिल अस्पतालमा थियो । चिकित्सकले उनलाई साढे २ बजेमा मृत घोषणा गरे ।बारा घर भएका रूपकले शंखमुलस्थित आफ्नै घरमा सो स्नुकर सञ्चालन गरेका थिए ।
बौद्ध बिहार अघिल्तिर रहेको सो स्नुकरमा बान्तवाको हत्या भएको आशङ्का गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘टाउकोमा चोट देखिएको छ, हामी अनुसन्धान गर्दैछौँ ।’
घटनाबारे वृत्त बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेको छन् । सोधपुछका लागि केही शंकास्पदहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।