काठमाण्डु आइपुगे ओमानका विदेशमन्त्री हमूद अल्बुसैदी

काठमाण्डु टुडे २०८१ भदौ १० गते १७:२३ मा प्रकाशित

काठमाण्डु, १० भदौ–  नेपालको दुई दिने औपचारिक भ्रमणका लागि ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी आज सोमबार काठमाण्डु आइपुगेका छन् ।

उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि (भदौ १० र ११ गते) काठमाण्डु आइपुगेका हुन् । भ्रमणका दौरान दुई विदेश मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने भएका छन । उनी भदौ ११ गते काठमाण्डुबाट स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us