समाचार

लेखा समितिमा मञ्जु खाँणमाथि खनिए हरि ढकाल, भुटानी काण्डदेखि के–के भने खाँणलाई ?

२०८१ भदौ ९ गते २०:२१

काठमाण्डु, ९ भदौ– सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा काँग्रेस सांसद् मञ्जु खाँण र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् हरि ढकालबीच चर्काचर्की भएको छ । नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको विद्युत कब्यौता असुल गर्न निर्देशन दिनका लागि सिंहदरबारमा समिति बैठक बसेको थियो...

गठ्ठाघर घटना छानबिन समितिको म्याद थप

२०८१ भदौ ९ गते २०:०४

काठमाडु, ९ भदौ- भक्तपुरको गठ्ठाघरमा गत बिहीबार ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको घटना छानबिन गर्न गठित समितिको थप भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको छानबिन समितिलाई थप तीन दिनको म्याद दिइएको हो । समितिलाई एक...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५ प्रतिशत छुट

२०८१ भदौ ९ गते १८:५०

काठमाण्डु,९ भदाै- ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले...

३० वर्षे विरुद्ध सशस्त्र प्रहरीका अधिकृत पनि पुगे सर्वोच्च

२०८१ भदौ ९ गते १८:२८

काठमाण्डु, ९ भदौ– ३० वर्षे सेवा अवधि लागू नगर्न माग गर्दै नेपाल प्रहरी पछि सशस्त्र प्रहरीहरू पनि सर्वोच्च अदालत परिसर पुगेका छन । यसअघि नेपाल प्रहरीका अधिकृतहरू सर्वोच्चमा पुगेका थिए । प्रहरी सेवाको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृतहरू एकसाथ सर्वोच्च...

एमालेलाई काँग्रेसको चेतावनीः कुलमानमाथि कारबाहीको निर्णय भए ‘नोट अफ डिसेन्ट’ लेख्छौं

२०८१ भदौ ९ गते १८:२६

काठमाण्डु, ९ भदौ– नेपाली काँग्रेसले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि कारबाही भए ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएको छ । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा काँग्रेस नेता अर्जुननरसिंह केसीले घिसिङमाथि व्यक्तिगत प्रतिशोध साँधेर कारबाही गर्न नहुने बताए । उनले आफ्नो...

कुलमानलाई भ्रष्टाचारी भन्दै लेखा समिति सभापतिले भनेः भ्रष्टलाई कारबाही नगरी फुलमाला लगाएर सम्मान गर्ने त ?

२०८१ भदौ ९ गते १८:०७

काठमाण्डु, ९ भदौ– संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचारी घोषित गरेका छन् । डेडिकेटेड र ट्रंक लाइनको विद्युत बक्यौता उठाउने विषयमा निर्णय गर्न आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा पोखरेल घिसिङप्रति आक्रामक रुपमा प्रस्तुत भए ।...

उपचुनावमा हाम्रो पार्टीको परीक्षा हुनेछ: माधव नेपाल

२०८१ भदौ ९ गते १८:०१

काठमाण्डु, ९ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आगामी मङ्सिरमा हुने स्थानिय तहको उपनिर्वाचनमा आफ्नो पार्टीको परीक्षण हुने बताएका छन । आज (आइतबार) काठमाण्डुको बानेश्वरमा दसौँ महाधिवेशनपछि आयोजित केन्द्रीय समितिको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन...

लेखा समिति सभापति फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि फेरौं: एमाले सांसद बाँस्कोटा

२०८१ भदौ ९ गते १७:५२

काठमाण्डु, ९ भदौ– पूर्व मन्त्री एवं एमालेका सांसद गोकुल बाँस्कोटाले सार्वजनिक लेखा समितिको सभापति परिवर्तन गर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि परिवर्तन गर्नुपर्ने माग राखेका छन । सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरू अमनलाल मोदी र लेखनाथ...

तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन

२०८१ भदौ ९ गते १७:४१

काठमाण्डु, ९ भदौ– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पतिको दुरुपयोग नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न निर्देशन गरेका छन । आज...

काँग्रेस र माओवादी मिलेपछि कुलमानमाथि कारबाही गर्ने एमाले प्रयास विफल

२०८१ भदौ ९ गते १७:३९

काठमाण्डु, ९ भदौ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही सिफारिस गर्ने एमाले प्रयास विफल भएको छ । सार्वजनिक लेखा समितिको आइतबारको बैठकबाट डेडिकेटेड र ट्रंक लाइनबापतको विद्युत महसुल असुल नगरेको आरोपमा घिसिङमाथि कारबाही सिफारिस गर्ने तयारी थियो । समिति सभापति ऋषिकेश पोखरेलले...

लेखा समितिका सभापतिको चुनौतीः आफ्नै नेताहरूलाई गएर भन्नुस्

२०८१ भदौ ९ गते १७:३५

काठमाण्डु, ९ भदौ– सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सांसदहरूले आफूमाथि लक्षित गरेर पटकपटक प्रश्न उठाएपछि प्रश्न उठाउने सांसदहरूलाई आफ्नै पार्टीका सभापति वा अध्यक्षलाई गएर भन्न चुनौती दिएका छन । डेडिकेटेड र ट्रंक लाइन महसुस विवादमा छलफल राखिएकोमा सांसदहरूले सभापतिमाथि धेरै प्रश्न उठेपछि उनले...

कृषि मन्त्रालयले थप ६० करोड रुपैयाँ डीडीसीलाई उपलब्ध गराउने

२०८१ भदौ ९ गते १७:२३

काठमाण्डु, ९ भदौ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप ६० करोड रुपैयाँ दुग्ध विकास संस्थान (डीडीसी)लाई उपलब्ध गराउने तयारी गरेको छ । आज आइतबार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री रामनाथ अधिकारीले यस्तो जानकारी गराएका हुन । उनले किसानको दुधको रकम भुक्तानीका लागि डीडीसीलाई थप ६०...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us