काठमाण्डु, ९ भदौ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप ६० करोड रुपैयाँ दुग्ध विकास संस्थान (डीडीसी)लाई उपलब्ध गराउने तयारी गरेको छ । आज आइतबार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री रामनाथ अधिकारीले यस्तो जानकारी गराएका हुन ।
उनले किसानको दुधको रकम भुक्तानीका लागि डीडीसीलाई थप ६० करोड रुपैयाँ सहुलियत दिने जानकारी दिएका हुन् । किसानलाई करिब १ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको भन्दै सो रकम दसैँ अगाडि भुक्तानी गर्ने मन्त्री अधिकारीले जानकारी दिएका छन ।
डीडीसीले २५ करोड रुपैयाँ भुक्तानी गरी सकेको छ । किसानलाई भुक्तानी दिनका लागि अर्थ मन्त्रालयसँग ६० करोड रुपैयाँको पहल गरिएको उनले जानकारी दिए ।