लेखा समितिका सभापतिको चुनौतीः आफ्नै नेताहरूलाई गएर भन्नुस्

काठमाण्डु टुडे २०८१ भदौ ९ गते १७:३५ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सांसदहरूले आफूमाथि लक्षित गरेर पटकपटक प्रश्न उठाएपछि प्रश्न उठाउने सांसदहरूलाई आफ्नै पार्टीका सभापति वा अध्यक्षलाई गएर भन्न चुनौती दिएका छन ।

डेडिकेटेड र ट्रंक लाइन महसुस विवादमा छलफल राखिएकोमा सांसदहरूले सभापतिमाथि धेरै प्रश्न उठेपछि उनले यस्तो टिप्पणी गरेका हुन । उनले भने, ‘मलाई किन सभापतिमा बसेको भनेर भन्नुभयो ।

यही कुरा कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा वा केपी शर्मा ओलीलाई भन्नुस्, ‘ यहाँ किन मलाई दोहोर्‍याइ दोहोर्‍याइ भनिरहनु भएको छ ।’

उनले छाती फुलाएर यहाँ भन्नु भन्दा आफ्नै अध्यक्ष वा पार्टी सभापतिको अगाडि एक घण्टा भाषण गर्न पनि आग्रह गरे । उनले भने, ‘म कुनै राजनीतिक दलमा निवेदन हालेर सभापति बन्न आएको होइन, ‘राजनीतिक निर्णय मान्न तयार छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us