समाचार

कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता

२०८१ भदौ ११ गते १६:५५

काठमाण्डु, ११ भदौ– कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला गरेको छ भने एक जना महिला अझै बेपत्ता भएका छन । भदौ ६ गते नेपाल प्रवेश गरी ९ मा अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण...

कर्मचारीको तलब बढाउने फैसलाविरुद्ध सरकारले सर्वोच्चमा दियो पुनरावलोकनको निवेदन

२०८१ भदौ ११ गते १४:२१

काठमाण्डु, ११ भदौ– सर्वोच्च अदालतले कर्मचारीहरुको तलब बढाउनुपर्ने भनी गरेको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दिएको छ । सरकारको निर्णय अनुसार महान्यायाधिवक्ता कार्यालयले आइतबार पुनरावलोकनको निवेदन दर्ता गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिएका छन । उनले भने, ‘उक्त फैसलाका विषयवस्तु त्रुटीपूर्ण रहेको र...

सुनसहित विमानस्थलबाट २ जना पक्राउ

२०८१ भदौ ११ गते १३:४९

काठमाण्डु, ११ भदौ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासीको बर्दघाट नगरपालिका–४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरुङ्गा नगरपालिका–३ घर भएका ४१ वर्षीय सन्तोषकुमार कुँवर रहेको प्रहरीले जनाएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको...

गुल्मीमा एक जना पुरुष मृत फेला

२०८१ भदौ ११ गते १३:४४

काठमाण्डु, ११ भदौ– गुल्मीमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन । गुल्मीको इस्मा गाउँपालिका– ५ का ५५ वर्षीय टोपबहादुर चुदरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । चुदरा इस्मा गाउँपालिका–१ झर्नास्थित तम्घास सिमलटारी सडकदेखि ७ मिटर खेत बारीमा मृत...

गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

२०८१ भदौ ११ गते १३:३२

काठमाण्डु, ११ भदौ– दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका १० नारायणपुरका ६८ वर्षीय वुद्धिराम चौधरी रहेका छन । गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ...

पार्टी बैठकमा रवि लामिछानेले भनेः सहकारी प्रकरणमा मैले खोजेको जवाफ पाइनँ

२०८१ भदौ ११ गते १३:२८

काठमाण्डु, ११ भदौ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफूले खोजेको जवाफ नपाएको पार्टी बैठकमा जानकारी गराएका छन । मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा लामिछानेले ‘सहकारीबाट पैसा लिएको प्रमाण छ’ भन्नेहरुले जवाफ दिन नसकेको...

राजदूत नियुक्ति समावेशी नभएको भन्दै सांसदहरुको विरोध

२०८१ भदौ ११ गते १३:२१

काठमाण्डु, ११ भदौ– सांसदहरुले राजदूत नियुक्ति सिफारिस समावेशी नभएको भन्दै सरकारको कडा आलोचना गरेका छन । आज मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा धारणा राख्ने नेकपा माओवादी केन्द्र, राप्रपा पशुपति शमशेर राणा, प्रकाश अधिकारी, आनन्दप्रसाद ढुंगाना लगायतले सिफारिस समावेशी नभएको भन्दै सरकारको आलोचना गरेका...

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

२०८१ भदौ ११ गते १३:०४

काठमाण्डु, ११ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन् । औपचारिक घोषणा भने बाँकी रहेको छ । एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ...

चट्याङ लागेर एक जनाको मृत्यु

२०८१ भदौ ११ गते १२:४०

काठमाण्डु, ११ भदौ– सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुर सातखोलाका ५६ वर्षीय दलबहादुर कार्की रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बेलुका कार्की आफ्नै घर नजिकैको गोठमा गएका बेला चट्याङले हानेको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी...

न्यायिक निकायले ममाथिको कारबाही बदर गरेपछि रवि लामिछाने राजीनामा दिन बाध्य हुन्छन्ः मुकुल ढकाल

२०८१ भदौ ११ गते १२:३२

काठमाण्डु, ११ भदौ– रवि लामिछाने नेतृत्वको रास्वपाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि डा. मुकुल ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने बताएका छन । आज (मंगलबार) बसेको पार्टी केन्द्रीय कमिटी बैठकले साधारण सदस्यबाटै निष्कासन गरेपछि डा. ढकालले यस्तो बताएका हुन । उनले सामाजिक...

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने रास्वपाको निर्णय

२०८१ भदौ ११ गते १२:२५

काठमाण्डु, ११ भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।  आज मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको रास्वपाका एक नेताले जानकारी दिए । पार्टी अनुशासन र...

पदयात्रामा गएका स्पेनिस दुइ पर्यटक बेपत्ता

२०८१ भदौ ११ गते १०:०१

कास्की, ११ भदौ- अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले दिएको जानकारी अनुसार आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास( पुरुष) र मोलास जुन्का...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us