एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

काठमाण्डु टुडे २०८१ भदौ ११ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन् ।

औपचारिक घोषणा भने बाँकी रहेको छ । एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर, हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्रै रहेका छन ।

आज वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन गरिंदैछ । एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।

केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटब्यरो चयन गर्न लागेका एकीकृत समाजावदीका एक नेताले जानकारी दिएका छन । अन्य पदका लागि दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us