काठमाण्डु, १२ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्री आरजु राणा देउवा एउटै प्लेनमार्फत धनगढी ओर्लिने भएपछि एयरपोर्टमा नेता कार्यकर्ताहरुले भरिभराउ थियो । प्रहरी प्रशासनलाई भीड व्यवस्थापनमा हम्मे हम्मे परेको थियो । एयरपोर्टमा झरेपछि परराष्ट्र मन्त्री देउवालाई...
काठमाण्डु, १२ भदौ– नेकपा एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष चुनावी प्रतिस्पर्धासम्म पुगेको छ । मंगलबार पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि भएको मतदानमा गुटगत प्रतिस्पर्धा भएको छ । वरिष्ठ उपाध्यक्षसहित १८ पदका निम्ति मनोनयन दर्ता गर्दा प्रस्ट गुटगत उम्मेदवारी परेको थियो । तर वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे...
काठमाण्डु, १२ भदौ– आज बुधबार सर्वोच्च अदालतले पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै छ। संवैधानिक इजलासले बुधवार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको पेशी छ । यसअघि असार १२ गते एक न्यायाधीश अनुपस्थित भएपछि मिति सरेको थियो ।...
काठमाण्डु, १२ भदौ– ‘हेर्ने कथा’ बाट चर्चामा रहेका प्रकाश तामाङलाई चाँडो नागरिकता दिलाउन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरेका छन् । तामाङलाई सबैभन्दा पहिले नागरिकताको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री ओलीले मंगलबार राति नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था मिलाउन...
काठमाण्डु, १२ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माओली र पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुर्खेत घर भएका गोपीराम जैशी र रामबहादुर बुढा रहेको प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डु, ११ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले चुनावमार्फत १७ जना पदाधिकारी चयन गरेको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम परिमाण आएको हो । जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी छन्...
काठमाण्डु,१२ भदौ संघिय संसद अन्तर्गतका तीन वटा समितिको आज बुधबार बैठक बस्दैछ। प्रतिनिधि सभा अन्तर्गत उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानून ,न्याय तथा मानव अधिकार समितिका बैठक बिहान साढे ११ बजे बस्ने तय भएको...
सुनसरी, १२ भदौ– सुनसरीको धरानमा खुकुरी प्रहारबाट किशोरीको हत्या भएको छ । धरान उपमहानगरपालिका–३ माछाभौडीमा खुकुरी प्रहार गरी बालिकाको हत्या भएको हो । मृत्यु हुनेमा १४ वर्षीया युनिशा शाही छन् । उनको छातीमा गहिरो चोट लागेको छ । शाहीसँगै उनकी आमा ३७ वर्षीया सिर्जना...
काठमाण्डु, १२ भदौ– नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जैसी निर्वाचित भए । तुलाधरले सर्वाधिक १ सय ८९, खतिवडाले १ सय ६१, जोशीले १ सय ५६ र...
काठमाण्डु, १२ भदौ– नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । पदाधिकारी चुन्न बुधबार भएको निर्वाचनमा रामकुमारी झाँक्रीलाई पराजित गर्दै राई उपाध्यक्ष निर्वाचित भएकी हुन् । राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । राई अध्यक्ष माधवकुमार नेपालनिकट हुन् ।...
काठमाण्डु, ११ भदौ– सिरहामा दुई लघुवित्त वित्तीय संस्थामा आगजनी भएको छ । सिरहाको गोलबजार नगरपालिका–७ स्थित सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चोहर्वा शाखामा महिलाको एक समूहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ । त्यसक्रममा कार्यालयका कागजात तथा...
काठमाण्डु, ११ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दलले पाउनुपर्ने बताएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद रामकुमार राईले यस्तो बताएका हुन । उनले संसद्को नियमावलीमा समेत व्यवस्था गरिएकाले सो समितिको नेतृत्व तत्काल प्रतिपक्ष...