काठमाण्डु, १२ भदौ– नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।
उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जैसी निर्वाचित भए ।
तुलाधरले सर्वाधिक १ सय ८९, खतिवडाले १ सय ६१, जोशीले १ सय ५६ र ज्वालाले १ सय ४५ मत पाए । उपाध्यक्षमा निर्वाचित तीन जना अध्यक्ष माधव नेपाल पक्ष र जैशी इतर पक्षका हुन् ।
महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई निर्वाचित भइन् । माधव नेपाल समूहले आफू पक्षीय उम्मेदवारहरुको चिट बाँडेको थियो ।