प्रचण्डको गाडीमा आरजुलाई बसाएपछि…

काठमाण्डु टुडे २०८१ भदौ १२ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्री आरजु राणा देउवा एउटै प्लेनमार्फत धनगढी ओर्लिने भएपछि एयरपोर्टमा नेता कार्यकर्ताहरुले भरिभराउ थियो ।

प्रहरी प्रशासनलाई भीड व्यवस्थापनमा हम्मे हम्मे परेको थियो । एयरपोर्टमा झरेपछि परराष्ट्र मन्त्री देउवालाई भीआईपी कक्षबाट सुरुमै बाहिर ल्याइयो । त्यसपछि प्रचण्डलाई ल्याइयो ।

बाहिर प्रचण्ड र देउवाको लागि छुट्टाछुट्टै गाडी राखिएको थियो । हतारिएको प्रहरीले प्रचण्डको लागि राखिएको गाडीमा देउवालाई बसायो । अक्क नबक्क भएको प्रहरीले पछि मात्रै थाहा पाएर मन्त्री देउवालाई त्यो गाडीबाट ओरालेर अर्को गाडीमा बसायो । यसैबिच भीड व्यवस्थापनमा रहेको प्रहरी प्रशासन चुकेको पाइएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रसहित जिल्लाका सुरक्षा निकाय प्रमुखहरुको उपस्थित रहेको स्थानमा प्रहरीले भीड व्यवस्थापन तथा भीआईपीहरुलाई उचित स्थानमा (आ–आफ्नो गाडी)मा लैजान केही चुकेको देखिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us