कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १० गते १६:३९ मा प्रकाशित

काठमाण्डु, १० भदौ– बारामा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बाग्मती नगरपालिका–४ जिराईत बस्ने ३७ वर्षीय मानबहादुर प्रधान रहेको प्रहरीले जानकारी दिएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आधाभार जंगलस्थित सडकमा बीएबी-५०३५ नम्बरको कारले बा.५८ प ४१४५ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक प्रधानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us