रूपन्देहीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १० गते १७:३२ मा प्रकाशित

काठमाण्डु, १० भदौ– रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । सोमबार भारत उत्तर प्रदेश घर भएका ३२ वर्षीय जाबेद अख्तरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ बेलहिया भन्सार कार्यालयको पछाडि नयाँ बन्दै गरेको भवनमा लेवर काम गर्ने उनी पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

भैरहवा मेडिकल कलेजमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us