नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिए: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ भदौ १० गते १८:०८ मा प्रकाशित

काठमाण्डु, १० भदौ– नेकपा एमालेकान अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन ।

आज (सोमबार) काठमाण्डुको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता र शिष्टता बिर्सिएको देख्दा अचम्मित भएको पनि बताएका छन ।

उनले नयाँ पुस्ताको अकर्मण्यता नेपालीपन नभएको बताएका छन । उनले नेपालीपन र नेपाली संस्कृतिलाई बढवा दिन युवाहरूलाई आग्रह समेत गरेका छन । प्रधानमन्त्री ओलीले नेपाल मेलमिलाप, शान्तिपूर्ण देश भएको बताए ।

उनले नेपाली समाज संस्कृतिले भरिपूर्ण समाज भएको भन्दै नेपाली समाज जति बिथोल्न खोजेपनि र जति भाँड्न खोजेपनि नभाँडिने पनि बताएका छन । उनले नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गरी विश्वव्यापी फैल्याउनुपर्ने बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘गौरा पर्व हामी हर्षोल्लासपूर्वक मनाइरहेका छौँ । यस्ता चाड पर्वहरू जसले नेपालको परिचय दिएका छन् । पहिचान दिएका छन् ।

नेपालको आफ्नो पन देखाएका छन् । यस्ता चाडहरूको निरन्तरता यहाँहरूले दिइरहनु पर्छ ।’ प्रधानमन्त्री ओलीले गौरालगायत पर्वहरूले नेपालको पहिचान दिएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us