समाचार

उदयपुरमा आमा छोराको हत्या

२०८१ भदौ २० गते १३:१७

काठमाण्डु, २० भदौ– उदयपुरको कटारी नगरपालिका–१०, सोरुङ छबीसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय छोरा आरुष थापाको आज बिहान पसलमै शव फेला परेको जिल्ला प्रहरी कार्यलय...

हेटौंडा उपमहानगरको कार्यपालिका बैठक कांग्रेसद्धारा बहिष्कार

२०८१ भदौ २० गते १३:१०

काठमाण्डु, २० भदौ– कर समायोजनको लागि विशेष नगरसभाको मिति तोक्न आज बोलाइएको हेटौंडा उपमहानगरको कार्यपालिका बैठक कांग्रेसले बहिष्कार गरेका छन । कांग्रेसबाट निर्वाचित उपमेयर राजेश बानियाँसहित ८ जना वडाध्यक्षले बहिष्कार गरेपछि मेयर मीनाकुमारी लामाले कार्यपालिका बैठक नै स्थगित गरेकी छन । उपमेयर बानियाँ राजश्व...

तिजको पहिलो दिन, आज दर खाईंदै

२०८१ भदौ २० गते ९:०९

काठमाण्डु, २० भदौ– नेपाली हिन्दू महिलाहरुको महान चाड तिजको पहिलो दिन आज दर खाएर मनाइँदै छ । तीजको व्रत बस्ने अघिल्लो दिन शक्ति प्राप्तिका लागि भाद्र शुक्ल द्वितीया अर्थात आजका दिन दर खाने चलन छ । आज दर खाएकाहरु भोलि दिनभर निराहार व्रत बस्ने...

च्यासलबाट दोभान खोलामा हामफालेकी किशोरीक शव मकवानपुरमा भेटियो

२०८१ भदौ २० गते ९:०३

मकवानपुर, २० भदौ- ललितपुर च्यासलस्थित गोभान खोलामा हामफालेर बेपत्ता भएकी युवतीको शव मकवानपुरमा भेटिएको छ । रूकुमको मुसिकोट घर भई हाल ललितपुर बालकुमारी डेरा बस्दै आएकी २० वर्षीया अन्जली शर्मा गत भदौ १६ गते दोभान खोलामा हामफालेकी थिइन् । मकवानपुरको बागमती गाउँपालिका-९ बेतिनी गैरिग‌ंगास्थित...

पोखरीमा डुबेर तीन बालकको मृत्यु

२०८१ भदौ २० गते ७:२३

धनुषा, २० भदौ-  धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ । लक्ष्मीनिया गाउँपालिका-७ स्थित पोखरीमा बुधबार साँझ डुबेर १४ वर्षीय सुशान्त साह, १० वर्षीय आदित्यकुमार साह र ८ वर्षीय आयुश साहको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका...

पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

२०८१ भदौ १९ गते १७:५८

काठमाण्डु, १९ भदौ– पर्वतको अर्मादी भन्ने ठाउँमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ । बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका–२, कुश्मा–बागलुङ सडकखण्ड अन्तर्गत पर्ने अर्मादीमा पोखरादेखि...

दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत श्रेष्ठको चुनौती– मेरो नियुक्ति कसरी गैरसंवैधानिक ? प्रमाणित गर्नुस्

२०८१ भदौ १९ गते १७:३८

काठमाण्डु, १९ भदौ– दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा. कपिलमान श्रेष्ठले आफ्नो नियुक्ति संविधान विपरीत भएको देखाउन चुनौती दिएका छन । आज बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको संसदीय सुनवाइका क्रममा उनले यस्तो चुनैति दिएका हुन । सांसदहरूले नियुक्ति असंवैधानिक त होइन भन्दै गरेको...

जिल्ला शिक्षा कार्यालय पूर्णरुपमा हटाउनुपर्छ: महामन्त्री थापा

२०८१ भदौ १९ गते १६:२१

काठमाण्डु, १९ भदौ– कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले जिल्ला शिक्षा कार्यालय पूर्णरुपमा हटाउनुपर्ने धारणा राखेका छन । आज बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको संशोधनमा भाग लिँदै महामन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री...

दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत तुम्वाहाङ्फेको संसदीय सुनुवाइ

२०८१ भदौ १९ गते १६:१५

काठमाण्डु, १९ भदौ– दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्वाहाङ्फेको संसदीय सुनुवाइ जारी छ । आज बुधवार सिंहदरबारस्थित संसदीय समितिको कार्यालयमा तुम्वाहाङ्फेको संसदीय सुनुवाइ सुरु भएको थियो । सुनुवाइमा तुम्वाहाङ्फेले आफ्नो कार्ययोजना समेत प्रस्तुत गरेकी छन् ।...

मन्त्री गुरुङलाई आईजीपीबारेको अभिव्यक्ति फिर्ता लिन आग्रह

२०८१ भदौ १९ गते १६:११

काठमाण्डु, १९ भदौ– नेपाल पूर्व प्रहरी संगठनले सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई प्रहरी महानिरीक्षकविरुद्ध दिएको अभिव्यक्ति सच्याउन आग्रह गरेको छ । नेपाल सरकारको प्रवक्तासमे रहेका मन्त्री गुरुङले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको ‘जिब्रो थुत्नु पर्छ’ भन्ने असभ्य शब्द प्रयोग गरी बोलेको कुरा...

प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस–एमालेबिच कुनै मतभेद छैनः सभापति देउवा

२०८१ भदौ १९ गते १५:५६

काठमाण्डु, १९ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबिच मतभेद नरहेको प्रष्ट पारेका छन । आज बुधबार काठमाण्डुमा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका...

कास्कीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

२०८१ भदौ १९ गते १५:४५

काठमाण्डु, १९ भदौ– कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७ बिरौटास्थित सडकमा ग.१५ प ३२१ नम्बरको मोटरसाइकल गए राती दुर्घटना हुँदा चालक पोखरा महानगरपालिका–१७ घारीपाटन बस्ने पर्वत कुश्मा नगरपालिका–१४ आर्थर घर भएका २० वर्षीय विश्वास विकको मृत्यु भएको प्रहरीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us