मकवानपुर, २० भदौ- ललितपुर च्यासलस्थित गोभान खोलामा हामफालेर बेपत्ता भएकी युवतीको शव मकवानपुरमा भेटिएको छ ।
रूकुमको मुसिकोट घर भई हाल ललितपुर बालकुमारी डेरा बस्दै आएकी २० वर्षीया अन्जली शर्मा गत भदौ १६ गते दोभान खोलामा हामफालेकी थिइन् । मकवानपुरको बागमती गाउँपालिका-९ बेतिनी गैरिगंगास्थित बागमती नदीमा बुधबार शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
आफन्तले मृतकको सनाखत गरी शव बुझिसकेको प्रहरीले जनाएको छ ।