समाचार

जुत्ताभित्र लुकाएर भारतबाट नेपाली रुपैयाँ ल्याउने एक जना पक्राउ

२०८१ भदौ २० गते १५:४७

काठमाण्डु, २० भदौ– प्रहरीले भारतबाट लुकाइ छिपाइ स्रोत नखुलेको ४ लाख रुपैयाँ नगद ल्याउने एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधबार बिहान रौतहटको गौर नगरपालिका–१ स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालयबाट टोलीले चेकजाँचका क्रममा भारत सितामढीका १८ वर्षीय सत्यम भन्ने अनिकेत राजलाई...

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८१ भदौ २० गते १५:४०

काठमाण्डु, २० भदौ– प्रहरीले कतार पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना लाई पक्राउ गरेको छ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी कतार लैजाने भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरीएको हो । पक्राउ पर्नेमा २८ वर्षीय सुवास आले मगर रहेको प्रहरीले जानकारी दिएको...

वृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक छ: सापकोटा

२०८१ भदौ २० गते १५:३३

काठमाण्डु, २० भदौ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले वृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक रहेको बताएका छन । आज बिहीबार काठमाण्डुमा नेपालमा समाजवादस् चुनौती र सम्भावना विषयक गोष्ठीमा बोल्दै माओवादी केन्द्रका प्रवक्ता समेत रहेका सपकोटाले यस्तो बताएका हुन ।...

वर्तमान सरकार माफिया र दलालहरूले नै बनाएको हो: ओली

२०८१ भदौ २० गते १५:२८

काठमाण्डु, २० भदौ– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले वर्तमान सरकार दलाल पुँजीपतीहरुले नै बनाएको आरोप लगाएका छन् । आज बिहीबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन । उनले वर्तमान ओली सरकार माफिया र दलालहरूले बनाएको दाबी गरेका छन...

रास्वपा बारा जिल्ला संयोजक स्वर्णकारको पदमुक्त

२०८१ भदौ २० गते १५:२४

काठमाण्डु, २० भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीको जिम्मेवारीबाट हटाएको छ । उनलाई अनुशासनको कारबाहीसहित पार्टीको जिम्मेवारीबाट हटाइएको रास्वपाका एक नेताले जानकारी दिए । पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले करिब १५ दिन अगावै पार्टीको प्रदेश कार्यसमितिले...

सुन्दरीजलमा एक युवतीको शव भेटियो

२०८१ भदौ २० गते १५:१८

काठमाण्डु, २० भदौ– सुन्दरीजलमा एक युवतीको शव फेला परेको छ । सुन्दरीजलको खोला किनारको चेपमा एक शव फेला परेको प्रहरीले जनाएको छ । शव रहेको भन्ने जानकारी पाएपछि अहिले प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका...

प्रचण्डको अराजनीतिक अभिव्यक्तिले तनाव सिर्जना भयो: महासचिव पोख्रेल

२०८१ भदौ २० गते १५:१४

काठमाण्डु, २० भदौ– नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको असंसदीय र अराजनीतिक अभिव्यक्तिले तनाव सिर्जना गरेको आरोप लगाएका छन । आज बिहिबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोख्रेलले यस्तो बताएका हुन । उनले सत्ताबाहिर पुगेपछि...

गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी

२०८१ भदौ २० गते १४:५९

काठमाण्डु, २० भदौ– मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगजनी भएको छ । ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज मध्यान्ह आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।...

जीबी राई खोज्दै मलेसिया पुगेको प्रहरी टोली फर्कियो

२०८१ भदौ २० गते १४:५३

काठमाण्डु, २० भदौ– सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको खोजी गर्दै मलेसिया पुगेको नेपाल प्रहरीको टोली फिर्ता भएको छ । एक साताअघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाण्डु फर्किएका प्रहरी प्रधान कार्यालय...

०८४ मा एमाले बलियो शक्तिका रूपमा स्थापित हुन्छ: महासचिव पोखरेल

२०८१ भदौ २० गते १३:४३

काठमाण्डु, २० भदौ– एमाले महासचिव शङ्कर पोखरेलले एमालेलाई बलियो र राष्ट्रिय शक्ति बनाउन लागिरहेको बताएका छन । महासचिव पोखरेलले लोकतन्त्रलाई सुदृढ गर्न निकै आवश्यक भएको बताउँदै त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले ०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने बताएका छन ।...

ओलीलाई प्रचण्डको जवाफ– जनताको राउण्ड किक् कस्तो हुन्छ देख्नेछन्

२०८१ भदौ २० गते १३:२९

काठमाण्डु, २० भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका नेताहरुले संविधान विपरीतका अभिव्यक्ति दिइरहेको भन्दै त्यसको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन । शहीदद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार) को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार...

नेताका कारण युवामा निराशा छायो: कांग्रेस नेता भण्डारी

२०८१ भदौ २० गते १३:२२

काठमाण्डु, २० भदौ– कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको दाबी गरेका छन । नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता डा.भण्डारीले यस्तो बताएका हुन । उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us