समाचार

बारामा एक फरार प्रतिवादी पक्राउ

२०८१ भदौ २० गते १८:२३

काठमाण्डु, २० भदौ– बारा प्रहरीले एक फरार प्रतिवादीलाई गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले ३८ वर्षीय मकसुद अन्सारीलाई पक्राउ गरेको प्रहरीले बताएको छ । अन्सारी सिम्रौनगढ नगरपालिका ४ निवासी हुन् । अन्सारीमाथि नक्कली मुद्रा कारोबारमा २ वर्ष कैद र ४...

एआईजी ज्ञवालीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार

२०८१ भदौ २० गते १८:०९

काठमाण्डु, २० भदौ– सर्वोच्च अदालतले प्रहरीका एआईजी श्यामलाल ज्ञवाली र ३ जना डीआईजीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उमेरहदका कारण अवकाश नगर्न माग गर्दै एआईजी ज्ञवाली, डीआईजीहरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलसहित ५ जनाले सर्वोच्चमा रिट दायर...

प्रधानमन्त्रीसँग द्वन्द्व पीडितको मागः बाँकी रकम निकासा होस्

२०८१ भदौ २० गते १७:५१

काठमाण्डु, २० भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन र पदाधिकारी नियुक्ति गर्दा पीडितको भावनालाई समेट्न माग गरेका छन । आज बिहिबार प्रधानमन्त्री निवासको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाउँदै सङ्घले सत्य निरूपण तथा मेलमिलाप...

बुढानीलकण्ठमा युवा–युवतीलाई बन्धक बनाएको आरोपमा ४ जना पक्राउ

२०८१ भदौ २० गते १७:३४

काठमाण्डु, २० भदौ– प्रहरीले काठमाण्डुको बुढानीलकण्ठ नगरपालिका–१ मा युवा –युवतीलाई बन्धक बनाएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ घर भएका ३३ वर्षीय आशिष देउला, टोखा घर भएका २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन घर भएका...

८ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

२०८१ भदौ २० गते १७:१३

काठमाण्डु, २० भदौ– प्रहरीले भक्तपुरमा ८ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु शंकरापुर नगरपालिका–१ गागलफेदी घर भई भक्तपुर नगरपालिका–६ नगरकोट बेसीटोल बस्ने २९ वर्षीय निरोज लामा रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई प्रहरी प्रभाग खरीपाटीबाट खटिएको...

खुमलटार पुगेका एमाले नेतालाई बालेनसँगको टकराव अन्त्य गर्न प्रचण्डले दिए यस्तो सुझाव

२०८१ भदौ २० गते १७:००

काठमाण्डु, २० भदौ– एमाले बागमती प्रदेश इन्चाई राजन भट्टराईसहित काठमाण्डुका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । दुई दलका शीर्ष नेताहरु सार्वजनिक रुपमै एकअर्काविरुद्ध टिकाटिप्पणीमा उत्रिएका बेला भट्टराई नेतृत्वको टोलीले बिहीबार खुमलटार पुगेर प्रचण्डलाई भेटेको हो । भेटमा उपत्यकाका नदी किनारामा...

इप्पानले सरकारलाई भन्योः बाढीले बगाएका आयोजना पीडितका माग छिटो पुरा गरिदिनुस, नसक्ने भए हात उठाइदिनुस्

२०८१ भदौ २० गते १६:५९

काठमाण्डु, २० भदौ– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका माग पुरा गर्ने भए छिटो पुरा गरिदिन अन्यथा सक्दिन भनेर हात उठाउन आग्रह गरेका छन् । आज बिहीवार मन्त्रालयमा भएको छलफलमा अध्यक्ष कार्कीले सरकारले...

सोसल मिडियामा बालेनसँग कार्यकर्ता भिडाएर किन रेस्लरसँग भेटिरहेका छन् ओली ?

२०८१ भदौ २० गते १६:४६

काठमाण्डु, २० भदौ– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग सामाजिक सञ्जाल र सार्वजनिक मिडियामा भिडिरहेका प्रधानमन्त्री केपी ओलीले रेस्लर भरतबहालुर बिसुरालसँग भेटेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । तस्बिरमा बिसुरालले ओलीको दायाँ हात समातेर माथि उठाएका छन् । तस्बिरको पृष्ठभूमि हेर्दा ओलीले...

एमाले नेताहरूले भेटे प्रचण्डलाई

२०८१ भदौ २० गते १६:३८

काठमाण्डु, २० भदौ– एमालेका नेताहरूले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन । काठमाण्डु उपत्यकाका नदी किनारमा मापदण्ड थप गरिएको विषयमा ध्यानाकर्षण गराउँदै हिँडेको एमाले काठमाण्डु जिल्ला अध्यक्षसहितको टोलीले बिहीबार अध्यक्ष प्रचण्डलाई भेटेको हो । सर्वोच्च अदालतले...

ओली–बालेन टकरावमा शंकर पोखरेलको इन्ट्रीः एकजना मेयरले प्रश्न उठाउँदैमा जवाफ दिनु पर्दैन !

२०८१ भदौ २० गते १६:३१

सुर्खेत, २० भदौ– एमालेका महासचिव शंकर पोखरेलले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र प्रधानमन्त्री केपी ओलीसँग तुलना नगर्न आग्रह गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले बालेनसँग ओलीलाई जोड्न जरुरी नभएको बताए । सञ्चारकर्मीले पोखरेललाई बालेन र प्रधानमन्त्री ओलीबीच...

तिनाउ खोलामा एक जनाको शव फेला

२०८१ भदौ २० गते १६:१८

काठमाण्डु, २० भदौ– पाल्पाको माथागढीस्थित तिनाउ खोलामा एक जना व्यक्तिको शव फेला परेको छ । माथागढी गाउँपालिका–३ बेलाटारीस्थित तिनाउ खोलामा ५६ वर्षीय मानबहादुर कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार...

मन्त्री गुप्ताले भनेः जितपुर सिमराको प्रशासकीय अधिकृतको भ्रमण मैले रद्ध गरेको हुँ

२०८१ भदौ २० गते १५:५९

काठमाण्डु, २० भदौ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रोकेको विषयमा प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरूले त्यस विषयमा प्रश्न उठाएपछि गुप्ताले जवाफ दिएका हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us