बुढानीलकण्ठमा युवा–युवतीलाई बन्धक बनाएको आरोपमा ४ जना पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ २० गते १७:३४ मा प्रकाशित

काठमाण्डु, २० भदौ– प्रहरीले काठमाण्डुको बुढानीलकण्ठ नगरपालिका–१ मा युवा –युवतीलाई बन्धक बनाएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ घर भएका ३३ वर्षीय आशिष देउला, टोखा घर भएका २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन घर भएका २२ वर्षका साजन गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

ठमेलको डान्सबार र क्लबमा भेटिएका युवा–युवतीहरूलाई उनीहरुले बुढानीलकण्ठ स्थित देउलाको घरमा लगेर बन्धक बनाउने गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।

‘हाउस पार्टी’ गर्ने भनेर घरमा लगेपछि आफूले भने अनुसार नमानेमा उनीहरुले रड तताएर शरीर डामेर यातना दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us