काठमाण्डु, २० भदौ– बारा प्रहरीले एक फरार प्रतिवादीलाई गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले ३८ वर्षीय मकसुद अन्सारीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
अन्सारी सिम्रौनगढ नगरपालिका ४ निवासी हुन् । अन्सारीमाथि नक्कली मुद्रा कारोबारमा २ वर्ष कैद र ४ लाख ७६ हजार ८ सय रुपैयाँ जरिवाना तोकिएको थियो । उनीमाथि कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यलय बारले जनाएको छ ।